संखुवासभा । संखुवासभाका पत्रकार दुर्गेश पौडेलले जन्मदिनको अवसर पारेर विधार्थिलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
जिल्लाको धर्मदेबी नगरपालिका वडा न. ६ स्थित विस्वज्योती आधारभुत बिधालयका विधार्थिहरु लाई पत्रकार पौडेलले एक कार्यक्रमका बिच सम्पुर्ण विद्यार्थीहरुलाई एक बर्ष पुग्नेगरी शैक्षिक सामग्री वितरण गरेका हुन् ।
सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बढाउनको लागि साथै विधार्थिलाई हौसला प्रदान गर्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
हरेक बर्षको जन्मदिनमा वडा न. ६ का कुनै एक सामुदायिक बिधालयका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेको र यो बर्ष वडाको माथिल्लो क्षेत्रमा रहेको बिधालयका सम्पुर्ण २१ जना विद्यार्थीहरुलाई प्रत्येकलाई एक दर्जन कापी र एक दर्जन डटपेन गरि ६ हजार सात सय बीस रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरिएको पौडेलले जानकारी दिए।
सानो बिधालय भएपनि बिधालयका बिद्यार्थीलाई लगभग एक बर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुर्याएको भन्दै बिधालयका प्र।अ गायत्र महतले आभार प्रकट गरे ।
कार्यक्रममा उपस्थित बिधालय व्यवस्थापन समिती अध्यक्ष दावा लामा साथै उक्त टोल बिकास संस्थाका अध्यक्ष श्याम ब. गुरुङले समेत एस्ता किसिमका रचनात्मक कामले सामुदायिक बिधालयमा विद्यार्थीको आकर्षण बढ्ने बताए ।
पत्रकार पौडेल पत्रकार महासंघ संखुवासभा जिल्ला कार्यसमिति सदस्य ,प्रेस युनियन संखुवासभा उपाध्यक्ष साथै धर्मदेबि नगरपालिकामा रहेको सामुदायिक रेडियो नयाँ अभियान एफ।एम का स्टेशन मेनेजर रहि कार्यरत रहेका छन् ।
आफ्नो जिम्मेवारी सबैतिर रहेपनी आफ्नो घर वडा न. ६ मा रहेकाले आफुले सामुदायिक बिधालय सुधार अभियान कार्यक्रम आफ्नै वडाबाट सुरु गरेको र सहयोग सानो भएपनि सन्देश ठूलो दिने उदेश्य रहेको पौडेलले बताएका छन् । आगामी बर्षमा सोही वडाको अन्य एक सामुदायिक बिधालयका विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सुन्दर कार्य उहाँलाई यसरी नै अरुलाई सहयोग गरेर अगाडि बढी रहने अवसर दिएर दिर्घायु आयु दिरहुन् भगवानले रक्षा गरि राखुन् शुभकामना छ!