संखुवासभा । महाशिवरात्री र ग्याल्पो ल्होसारको अवसरमा संखुवासभाको सभापोखरी गाउँपालिकामा तरुण दलद्धारा आयोजित अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधी झापाको दमक नगरपालिकाले जितेको छ।
सोमबार भएको फाइनल खेलमा आयोजक सभापोखरी गाउँपालिकाले ३–१ सेटले हराउँर्दै दमक नगरपालिकाले उपाधी जितेको हो । दमकले नगरपालिकाले २५–१८, २५–१९, २५–१९ अंक प्रात गरे सभापोखरीले एक सेट २५–१९ले जितेको थियो । प्रतियोगितामा तेस्रो भोजपुरको षडानन्द नगरपालिका बनेका थिए । प्रतियोगितामा बेष्ट प्लेयर रोमन बस्नेत (दमक), बेष्ट स्पाइकर रोषण विक (सभापोखरी), बेष्ट ब्लकर पुकार तामाङ (दमक), बेष्ट सटर राजन लिम्बु (दमक), बेष्ट सर्भर प्रदिप कटटेल (सभापोखरी) र बेष्ट लिब्रो भुवन केसी (दमक) घोषित भएका थिए । उनीहरुलाई जनही पुरस्कृत समेत गरिएको थियो । पुरुष तर्फ प्रतियोगितामा ९ टिमको सहभागीता रहेको थियो ।
त्यसैगरि खुल्ला वडास्तरीय महिला भलिवल प्रतियोगितामा भोजपुरका आमचौक गाउँपालिका वडा नम्बर ९ प्रथम भए । २–० को सोझो सेटमा पाँचखपन नगरपालिका वडा नम्बर ८ लाई हराउँर्दै आमचौक–९ ले उपाधी जितेको हो । पाँचखपन नगरपालिका वडा नम्बर ९ ले तेस्रो स्थान हासिल गरे भने सभापोखरी गाउँपालिका वडा नम्बर ३ ले सान्त्वनामा चित्त बुझाए । महिला तर्फ प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो ।
पुरुष तर्फ विजेताले नगद दुई लाख, मेडल, टर्फी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद एक लाख मेडल, टर्फी र प्रमाणपत्र प्राप्त गरेका थिए । तेस्रोले नगद ५० हजार, मेडल, टर्फी र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरि महिला तर्फका विजेताले नगद ५५ हजार ५५५, मेडल, टर्फी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले ३३ हजार ३३३, मेडल, टर्फी र प्रमाणपत्र प्राप्त गरे । तेस्रोले नगद २२ हजार २२२, मेडल, टर्फी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
विजेताहरुलाई एक कार्यक्रम बीच प्रमुख अतिथी कोशी प्रदेश नेपाली काँग्रेसका उपसभापति टंकप्रसाद राईले पुरस्कार हस्तान्तरण गरेका थिए । त्यसैगरि कार्यक्रममा काँग्रेस कोशी प्रदेश सदस्यहरु राजेन्द्र घले, राम थापा, काँग्रेस संखुवासभाका निवर्तमान जिल्ला सभापतिद्धय दिपनकुमार श्रेष्ठ, जनक थापा, सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बु, खाँदबारी नगरपालिका मेयर महेश थपलिया, पाँचखपन नगरपालिका मेयर विपीन राई, र काँग्रेस संखुवासभाका जिल्ला सचिव टकमान घले, सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाई, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास राई, काँग्रेस नेताहरु शेरबहादुर वन, उमेश चौहान, छत्रमणी काफले र बरुण गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य गोकुल खत्रीले शुभकामना मन्तब्य राखे । त्यसैगरि कार्यक्रम संयोजक विवेक घलेले स्वागत मन्तब्य राखे भने नेपाली काँग्रेसका सभापोखरी सभापति तथा ६ नम्बर वडाध्यक्ष जितेन्द्र वनेम लिम्बुले मन्तब्य राखेका थिए ।
नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल सभापोखरी गाउँकार्य समितिद्वारा आयोजित अन्तरपालिका पुरुष तथा अन्तरवडा स्तरीय महिला भलिबल प्रतियोगिता विहिबार देखि शुरु भई सोमबार समापन भएको प्रतियोगिता संयोजक विवेक घलेले बताए ।