मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी नगरपालिका–९ :
मातातीर्थ औंशीमा मनकामनाको वृद्धाश्रममा अरुणबरुण सहकारीको सहयोग

Sankhuwasabhapress 598+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

संखुवासभा । अरुणबरुण बहुउद्देशीय सहकारीले मातातीर्थ औंशीको अवसरमा मनकामना धामको वृद्धाश्रममा रहेका वृद्धवृद्धा तथा गुरुकूलका बटुकहरुलाई खाद्यान्न वितरण गरेको छ ।

बुधबार मातातीर्थ औंशीको अवसर पारेर सहकारीका अध्यक्ष इश्वरकाजी कटुवालको संयोजकत्वमा सम्पूर्ण पदाधिकारीहरु खाँदबारी नगरपालिका–९ मनकामना धाममा रहेको वृद्धाश्रममा खाद्य सामाग्री वितरण गरेका हुन् ।

सहकारीले प्रत्येक वर्ष व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र यसवर्ष मातातीर्थ औंशीको अवसरमा वृद्धाश्रममा खाद्य सामाग्री वितरण गरिको अध्यक्ष कटुवालले बताए । उनले वृद्धाश्रममा खाद्यान्न वितरण गरि मातातीर्थ औंशी मनाउन पाउँदा एकदमै खुशी महशुस भएको बताए ।

संस्थाका उपाध्यक्ष जनक पौडेलीले आगामी दिनहरुमा पनि यस्ता सहयोगका कार्यहरु निरन्तरता दिदैं जाने प्रतिवद्धता ब्यक्त गरे ।

वृद्धाश्रमका वृद्धवृद्धा र गुरुकूलका बटुकहरुले सहकारीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अन्य संघसंस्थाहरुले पनि यस्तै सहयोग गरिदिन आग्रह गरेका छन् ।

जिल्लाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय र तुम्लिङटारमा समेत शाखा कार्यालय स्थापना गरि कारोबार भइरहेको यस सहकारीले स्थापनाकालदेखि नै व्यवसायिक मात्रै नभएर सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ ।

विश्व फैलिएको कोरोनाको समयमा समेत सो सहकारीले खाद्यान्न तथा आर्थिक सहयोग, वृक्षारोपण लगायत विभिन्न खेलकुद कार्यक्रमहरुमा समेत आर्थिक सहयोगका कामहरु गरिरहेको छ । आगामी दिनमा समाजसँग प्रत्यक्ष रुपमा जोडिएर स्वास्थ्य शिविर, योग शिविर, खाद्यान्न तथा आर्थिक सहयोग गर्दै जाने लक्ष्य रहेको संस्थाका अध्यक्ष कटुवालको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार