मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

मकालु गाउँपालिका :
मकालु महोत्सवको बारेमा पत्रकार सम्मेलन सम्पन्न (भिडियो सहित)

Sankhuwasabhapress 598+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

संखुवासभा । मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा मकालु गाउँपालिकाले मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन गर्ने भएको छ । 

यहि फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । आइतबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । 

गतवर्षबाट मकालु गाउँपालिकाले मकालु महोत्सव गर्दै आएको स्मरण गर्दै यो कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्न गाउँपालिका उपाध्यक्ष मनकला राईले आग्रह गरिन । उनले मकालु गाउँपालिका भित्रका साँस्कृतिक र धार्मिक क्षेत्रको साहित्य मार्फत उजागर गर्नका लागि महोत्सवको आयोजना गरिएको बताईन् ।  

मकालु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष छोपाल शेर्पाले मकालु महोत्सवले यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरे । त्यसैगरि मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक संगठनका अध्यक्ष ताराबहादुर बुढाथोकीले मकालु महोत्सवले मकालुको मात्र नभई संखुवासभाको पर्यटन, सांस्कृतिक साथै साहित्यिक क्षेत्रमा टेवा पुग्ने बताए । उनले संखुवासभामा लुकेर रहेको धेरै कुराहरु प्रष्फुटन गर्न सहयोग पुग्ने अपेक्षा गरे । 


उक्त मकालु महोत्सवको अवसरमा अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार, द्धितीय हुनेले १ लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्त्वना हुनेले ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले ३ हजार ५ सय साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबेरो, वेष्ट सरबर र वेष्ट डिफेन्सले जनही २ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यसैगरि महोत्सवकै अवसरमा मकालु भित्रका ६ वटा वडाका वडागत स्टलहरु राखिने भएको छ । मकालु गाउँपालिका भित्रका वडाहरुमा उत्पादन भएका कृषिजन्य उत्पादन तथा हस्तकला सम्बन्धी सामाग्रीहरुको आ–आफ्नै स्टल व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष मनकला राईले बताइन् । 

वडागत स्टलहरुमा वडा नं. १ बाट भिर माहुरीको मह, सिमल तरुल, मकै, भटमास, आलु आदिको स्टल राखिने छ । वडा नं. २ बाट मुर्ति, अलैँची, यार्सागुम्बा र अन्य जडिबुटि राखिनेछ । त्यसैगरि वडा न.ं ३ बाट राडीपाखी, सेतो चामल, दाल जस्ता कृषिजन्य सामाग्रीहरुको व्यवस्था मिलाइनेछ । वडा नं. ४ बाट छुर्पी, लप्सीको अचार, खुकुरी, चौरीको पुच्छर ऊन आदिको स्टल राखिने छ । यसैगरि वडा नं. ५ बाट राडिपाखी, ताकमारु चामल, अल्लो र ऊनको स्टल राखिने भएको छ । वडा नं. ६ बाट सिमल तरुल र फलफुलका अन्य सामाग्रीहरुको स्टल राखिनेछ ।

महोत्सवको अवसरमा भलिबल प्रतियोगिताका साथै मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको उपस्थिती रहनेछ । लोकदोहोरी गायक राजु परियार, आशा विसी, गिता योञ्जन, फुलन्देकी आमा (उमेश राई) लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।

गतवर्ष पनि गाउँपालिकाको आयोजना तथा द नर्थ वरुण युथ क्लवको संयोजनमा महोत्सव सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र व्यक्तिहरु, हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।

more vedio link.....

https://www.youtube.com/watch?v=5iP8nJYXdOw&t=23s

https://www.youtube.com/watch?v=INxYk9gJaVQ


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार