मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

नेवार समुदाय :
हिलेजात्रामा संखुवासभाको खाँदबारी र पाँचखपन नगरपालिकाद्धारा सार्वजनिक विदा

Sankhuwasabhapress 598+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

संखुवासभा । नेवार समुदायको साँस्कृतिक पर्व हिलेजात्राको अवसरमा संखुवासभाको खाँदबारी र पाँचखपन नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

नेवार समुदायको बाहुल्यता रहेको खाँदबारी र पाँचखपन नगरपालिकाले विज्ञप्ती जारी गर्दै साउन २६ गते सोमबार हिले जात्रा (रोपाई जात्रा)को अवसरमा नगरवासीहरुलाई सार्वजनिक विदा दिएको हो । 

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले हिलेजात्रा नेवार समुदायको महत्वपूर्ण चाड भएको र बर्षौ अगाडीदेखि मनाउर्दै आउने प्रचलन भएकाले सौहार्द पूर्ण ढंगले मनाउन सार्वजनिक विदा दिएको बताए । परम्परागत रुपमा मनाइने यस्ता अमूर्त सम्पदाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने समेत मेयर थपलियाको भनाइ छ ।

जात्राको अवसरमा सोमबार एक दिन नगरभित्रका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने विज्ञप्ती मार्फत जनाएको छ । 

त्यसैगरि पाँचखपन नगरपालिकाले विगतका बर्षहरुमा जस्तै हर्सौउल्लासका साथ जात्रा पर्व मनाउन अनुरोध गर्दै सोमबार एक दिन नगरभित्रका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाद्धारा जारी विज्ञप्ती मार्फत जनाएको छ । जात्राको अवसरमा स्थानीय सरकारले विगतका बर्षहरु देखि नै सार्वजनिक विदा दिदैं आएको छ । 

यसबर्ष जात्राको अवसरमा सदरमुकाम खाँदबारीमा ‘जात्रा महोत्सव’ को आयोजना गरेको छ । राष्ट्रियस्तर विभिन्न कलाकारहरुको साथमा विशेष साँगितिक कार्यक्रम, हास्य कलाकारहरुको प्रहसन हुने भएको छ । त्यसैगरि पाँचखपन नगरपालिकाको केन्द्र वानामा पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरुको उपस्थिती साँगितिक कार्यक्रम हुने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार