संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारमा रहेको जेसिवी कम्पनीको आधिकारिक विक्रेता लाइन विल्डर्स एण्ड कन्सट्रक्सन प्रा.लि.ले जेसिवी विक्रिवितरण शुरु गरेको छ ।
बुधबार कम्पनीले मकालु केएल कन्स्ट्रक्सन प्रा.लि.लाई पहिलो पटक जेसिबी मेसिन विक्रि गरेको जेसिबी खाँदबारी एआरओ प्रमुख विकास लिम्बुले जानकारी दिए । उनको अनुसार, हिमाली तथा पहाडी जिल्ला संखुवासभा, भोजपुर र तेह्रथुम लगायतका जिल्लाहरुलाई लक्षित गरि जेसिवी कम्पनीको आधिकारिक विक्रेताको रुपमा जिम्मा पाएका लाइन विल्डर्स एण्ड कन्सट्रक्सन प्रा.लि.तुम्लिङ्गटारले बुधबार देखि मेसिन विक्रिवितरण शुरुवात गरेको हो ।
एआरओ प्रमुख लिम्बुले मकालु केएल कन्स्ट्रक्सन प्रा.लि.लाई हामीलाई विश्वास गरि नयाँ परिवारमा सदस्यको रूपमा हातेमालो गर्नुभएकोमा धन्यवाद समेत प्रकट गरेका छन् । हिमाली तथा पहाडी जिल्लाको लागि विशेष गरी संखुवासभा लगायतका ग्रामीण क्षेत्रमा ध्यान केन्द्रित गर्ने एक अधिकृत बिक्रेताको रूपमा, हामी हाम्रा मूल्यवान ग्राहकहरूको सन्तुष्टि र आवश्यकताहरूप्रति सधै प्रतिबद्ध रहेको जनाएका छन् ।
केहीमहिना अघि कम्पनीको प्रतिनिधीहरुको उपस्थितीमा आधिकारिक विक्रेताको रुपमा लाइन विल्डर्स एण्ड कन्सट्रक्सन प्रा.लि.तुम्लिङ्गटारले जेसिवी कम्पनीका मेसिन तथा उपकरणहरु विक्रिवितरण गर्ने गरि जिम्मेवारी पाएका थिए । यसअघि कम्पनीले पार्टसहरु विक्रि गरिरहेको भएपनि पहिलोपटक जेसिबीको व्यह्कुलोडर विक्रि गरेको हो ।
जेसिबी कम्पनीका सबै उत्पादनको विक्रि वितरण तथा मर्मत गरिरहेको लाईन विल्डर्सले जेसेबी कम्पनीको उत्पादन सहुलियत दरमा विक्रि गरिरहेको छ । तुम्लिङटारमा कम्पनीको कार्यालय तथा ग्यारेज रहेको छ । संखुवासभामा जेसिवीको पार्टस् र मेसिन उपलब्ध भएपछि यहाँका निर्माण ब्याबसायीहरु उत्साही भएका छन् । विगतमा साना–साना पार्टसहरु बिग्रिदा समेत विराटनगर सम्म पुग्नु पर्ने र यही मित्री ल्याउदा झन बढि खर्च हुने झन्झटबाट मुक्त भएको बताउने गरेका छन् ।