मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता :
मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफले चुम्यो

Sankhuwasabhapress 598+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

संखुवासभा । जिल्लामा आयोजित मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। शनिबार भएको फाइनल खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को अन्तरमा हराएको हो।

पहिलो सेट गण्डकीले २५–२० अंक प्राप्त गर्दै जित हासिल गरे पनि त्यसपछि लगातार २५–२३, २५–२१ र २५–२१ अंक प्राप्त गर्दै तीनै सेट जित्दै एपिएफले उपाधि चुमेको हो।

प्रतियोगितामा नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ। पुलिससँग २५–२३, २५–१७, २५–१७ ले पराजित आर्मीले चौथो स्थानमा चित्त बुझाएको छ।

फाइनल खेलमा म्यान अफ द म्याच एपिएफका विजय थापा घोषित भए। थापालाई आयोजकको तर्फबाट नगद ५ हजार रुपैयाँले पुरस्कृत गरिएको छ। 

प्रतियोगितामा एपीएफका विजय थापा सर्वोकृष्ट खेलाडी घोषत भए । थापाले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । एपीएफका विनोद चन्द बेष्ट डिफेन्डर, लोकेन्द्र गिरी बेष्ट सेटर घोषत भए ।

गण्डकी प्रदेशका रवि केसी वेष्ट स्पाईकर, विश्वास अधिकारी वेष्ट सर्वर, सरोज बर्देवा उत्कृष्ट व्लकर र उत्कृष्ट कोच एपीएफका पुष्पजंग मल्ल घोषत भएका भएका हुन् । उनीहरुले नगद १०र१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सदरमुकाम खाँदबारी–७ स्थित खाँदबारी रंगशालामा मंगलबारदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको छ। विजेताहरूलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले पुरस्कार हस्तान्तरण गरे।

प्रतियोगितामा बागमती र मधेश प्रदेशबाहेक पाँच प्रदेश र तीन विभागीय टिम आर्मी, पुलिस र सशस्त्र गरी ८ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशस् तीन लाख र एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा तृतीयले ५० हजार र चौथो टिमले ३० हजार रुपैयाँ पाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार