बुधबार कोसी पुलिस र पञ्चकन्या बीच प्रतिस्पर्धा हुर्दै ।
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा जारी आठौं अरुणभ्याली फुटबल प्रतियोगितामा चार वटा क्लबहरु तीनपोखरी, मिर्मिरे, पञ्चकन्या र खाँदबारी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार मिर्मिरे युथ क्लब र सितलपाटी एफसी बीच भएको पहिलो खेल निर्धारीत समयमा बराबर भएपछि टाईब्रेकरमा मिर्मिरे क्लबले जीत हासिल गरेको हो । त्यसैगरि दोस्रो खेलमा पञ्चकन्या युथ र कोशी प्रदेश पुलिस बीच प्रतिस्पर्धा भएको थियो । पन्चकन्याले शुन्यको विरुद्ध २ गोल गर्दै विजयी बने ।
त्यसैगरि तेस्रो खेलमा लोहोरुङ क्लब र खाँदबारी युथ क्लब बीच भएको थियो । दुवैले निर्धारीत समय भित्र १–१ गोल गरेका थिए । टाईब्रेकरमा खाँदबारी युथ क्लबले गोल गर्दै जीत निकालेको हो । तीनपोखरीले आयोजक एडभान्स क्लबलाई हराउर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
आज (बिहीबार) यी ४ वटा क्लब बीच सेमिफाइनलको खेल हुनेछन् ।
सोमबार देखि शुरु भएको सो प्रतियोगिता (भोली) शुक्रबार समापन हुनेछ । भने प्रतियोगितामा जिल्लाभित्र र बाहिरका १२ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उद्घाटन कार्यक्रम र समापन कार्यक्रम विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत रहने आयोजक एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए ।
०६४ सालमा स्थापना भएको एडभान्स क्लबले बर्सेनि दशैं र तिहारको बीचमा फुटबल प्रतियोगिता निरन्तर रुपमा गर्दै आएको छ ।