मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

Sankhuwasabha Press 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

कैलाली । बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अस्पतालमा तोडफोड गरेका छन् । अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा आज मृत्यु भएको थियो । आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेपछि अस्पताल भवनको सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अत्तरिया चोकमा टायर बालेर प्रदर्शन जारी राख्दा यातायात सेवा पनि ठप्प बनेको छ । अस्पतालमा थप क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी जोशीले बताए । उनका अनुसार पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार