मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सम्पादकीय....
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाऔं ।

Sankhuwasabhapress 598+ समाचार ( )
८ पौष २०८०, आइतबार

नेपाल कृषिमा आधारित र निर्भर रहेको राष्ट्र हो, यसमा कुनै दुइमत छैन् । तर, कृषि क्षेत्रलाई ब्याबसायिक, आधुनिकीकरण र आत्मनिर्भर बनाउन नसक्दा सोचे जस्तो र भने जस्तो आम्दानी लिन सकिरहेको छैन् ।

नेपाल विकासोन्मुख राष्ट्र हो, मुलुक विकास र समृद्धि तर्फ बिस्तारै अगाडी बढ्दैछ यो पनि हामी देखेका छौ । तर, विश्वभर आर्थिक मन्दीका कारण त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । विश्वभर संकट पर्नुको मुख्य कारण कोरोना भाइरसले पारेको थिलथिलो र त्यसपछि विभिन्न संकटहरुको कारण आर्थिक समस्या पर्न थालेको हो । मुलुक अहिले खाडी मुलुकबाट युवाहरुले पठाउने रेमिटान्सले चलेको छ भन्दा फरक पर्दैन । मुलुकलाई पहिले जस्तै आर्थिक चहलपहल हुने गरि फर्काउनका लागि नेपालका कुनाकाप्चा सम्म रहेको बाँझो खेतबारीलाई प्रयोगमा ल्याउनुपर्छ । ति सबै बाँझो खेतबारीलाई कुनै न कुनै तरिकाले प्रयोगमा ल्याउने हो भने मानिसहरु बिना काम र आम्दानी बिना बस्नु पदैन् । मेहनती भइन्छ, श्रमजिवी पनि भइन्छ, चौकमा चिया खाएर गफ चुटेर बस्ने बानीको अन्त्य हुन्छ भने शारिरिक रुपमा समेत धेरै फाइदा छ । आफ्नै खेतबारीमा श्रम गर्ने, भरपूर मेहनत गर्ने हो भने यही देशमा सुन फल्छ भनिन्छ यो त एकादेशको कथा जस्तो बनेको छ । सबैले चिया गफ र नेताको भाषण यसो भने पनि वास्तविक जीवन धेरै प्रयोगमा ल्याएको छैन् ।

मुलुकमा विडम्बना छ... दैनिक अन्तराष्ट्र्रिय विमानस्थलबाट करिब २० हजारको हाराहारीमा नेपाली युवाहरु विदेशीई रहेको हुन्छ । त्यहाँको कारुणिक दृश्य हेर्दा पनि मन कटक्क खान्छ । साँच्चिकै यूरोपियन मुलुकमा भिसा प्रक्रिया सजिलो हुने हो भने अधिकाँस युवाहरु विदेशीने पक्का छ । त्यसो भयो भने यो मुलुक बालबालिका र बृद्धाबृद्धाहरु मात्रै रहनेछन् । 

मुलुकको विकास र समृद्धि तर्फ अगाडी बढ्न कृषि क्षेत्रलाई सदुपयोगमा ल्याउनुपर्छ भन्ने लाग्छ । कृषि क्षेत्रलाई राज्यले समेत पहिलो प्राथमिकतामा राख्नुपर्छ । तीनै तहका सरकारले कम्तीमा २५ प्रतिशत बजेट कृषि क्षेत्रलाई सम्बोधन हुने गरि काम गर्ने भन्ने कार्यविधी बनाएर लागु गर्ने, अनुगमन गर्ने हो भने धेरै आम्दानी लिन सकिन्छ । यहाँ उत्पादन भएका कृषिजन्यबस्तुहरुको निकासी र बजारीकरण सुनिश्चितता सरकारले गरिदिनुपर्छ । अहिले केही कृषकहरुले ब्याबसायिक रुपमा उत्पादन गरेका कृषिजन्य बस्तुहरुको बजारीकरणको अभावमा कुहिएर गईरहेको छ । त्यसको बजार सुनिश्चित गर्नुपर्छ । कृषि सम्बन्धी काम गर्ने जति पनि सरकारी निकायहरु छन्, त्यसले तीनै तहका सरकारहरु बीच समन्वय हुनुपर्छ । एउटै कृषकले दोहोरो सुविधा नपाउने गरि अनुदान र कार्यक्रमहरु दिनुपर्छ । पहुँचको भरमा, कागजी र झोले कृषकको अन्त्य गर्नुपर्छ । 

अन्त्यमा, साँच्चिकै काम गर्ने युवाहरुलाई प्रोत्साहन गर्दै राज्यले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने युवाहरुले खाडी मुलुकको मात्रै मुख ताक्नु पदैन, यहि केही गर्न सकिन्छ । यो ब्यबस्था लागु गर्न सरकार सकारात्मक र आमनागरिकहरु यहि पनि संम्भव छ भन्ने मनोबल उच्च बनाउने हो भने मुलुकलाई कृषि क्षेत्रबाट कायापलट गर्न सकिन्छ । सकारात्मक सोच विचार, आत्मबल, लगनशिलता, मेहनत र श्रमको आवश्यकता छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार