मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

तुम्लिङ्गटार–सितलपाटी २२० केभी विद्युत्त प्रशारणलाइनको सार्वजनिक सुनुवाई हुने

Sankhuwasabhapress 598+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

संखुवासभा । तुम्लिङ्गटार–सितलपाटी २२० केभी विद्युत्त प्रशारणलाइन आयोजनाको सार्वजनिक सुनुवाई हुने भएको छ ।

जिल्लाको खाँदबारी नगरपालिका–२ चेवामा यहि भदौ २१ गते बिहिबार र २२ गते शुक्रबार खाँदबारी नगरपालिका–९ तुम्लिङ्गटारमा सार्वजनिक सुनुवाई हुने परामर्शदाता एनइए इन्जिनियरिङ्ग कम्पनीका वातावरणविद् सरोज घिमिरेले बताए । उनको अनुसार, खाँदबारी नगरपालिका भित्रका ४ वटा वडाहरु २, ८, ९ र १० प्रभावित क्षेत्रमा पर्ने भएकाले सो क्षेत्रका स्थानीय, जग्गाधनी, बुद्धिजिवी लगायत सरोकारवाला सम्पूर्णलाई भेला गरि आयोजनाको बारेमा जानकारी दिने र आवश्यकता अनुसार राय सल्लाह सुझाव लिन कार्यक्रमको आयोजना गरिएको हो । 

नेपाल सरकार नेपाल विद्युत्त प्राधिकरण आफैले प्रशारण लाइन निर्माण गर्न लागेको हो । खाँदबारी–९ को तुम्लिङ्गटार देखि खाँदबारी–१० सितलपाटी चापावोटे सम्म १४ किमि डबल सर्किट प्रशारणलाइन जोड्नका लागि त्यसको प्रारम्भिक वातावरणीय परिक्षणा (आइईई) गर्न लागेको हो । उक्त सवस्टेशनमा २२० केभी, १३२ केभी र ३३ केभी विद्युत्त जोडिनेछ भने सो क्षेत्रमा ३९ वटा टावर बस्नेछ ।

यो क्षेत्रको सम्पूर्ण विद्युत्त संकलन गरि एकै ठाउँमा जोड्न यो प्रशारण लाइन बनाउन लागिएको हो । इनरुवा देखि तुम्लिङ्गटार सम्म २२० केभी विद्युत्त प्रशारणलाइनको सवस्टेशन निर्माण भई जोडिईसकेको छ भने तुम्लिङ्गटार देखि सितलपाटी जोडिने क्रममा रहेको छ । त्यसैगरि सितलपाटी देखि मकालुको हाइटार सम्म ४०० केभी प्रशारणलाइन पनि जोडिने क्रममा रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार