मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

संखुवासभा :
कवि धर्मराज चापागाईंको कविता संग्रह ‘सुधावृष्टि’ लोकार्पण

Sankhuwasabhapress 598+ समाचार ( )
२० जेठ २०८१, आइतबार

संखुवासभा । संखुवासभाका कवि धर्मराज चापागाईंको कविता संग्रह ‘सुधावृष्टि’ लोकार्पण भएको छ ।

बुधबार जिल्ला समन्वय समिति संखुवासभाको आयोजनामा एक कार्यक्रम बीच कवि धर्मराज चापागाईंद्वारा लिखित छन्दोवद्ध कविता संग्रह ‘सुधावृष्टि’ लोकार्पण गरिएको हो । जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको बिशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु, साहित्यकारहरु, साहित्यप्रेमीहरु, पत्रकार लगायत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा पुस्तकका लेखक चापागाईंलाई विभिन्न वक्ताहरुले क्रमागत रुपमा समिक्षात्मक शुभकामना दिएका थिए । कार्यक्रममा मकालु साहित्य समाजका अध्यक्ष, प्राध्यापक एवम् साहित्यकार ताराबहादुर बुढाथोकी, कृष्ण चापागाई, डा.मातृकाप्रसाद तिम्सिना लगायतका वक्ताहरुले समिक्षात्मक टिप्पणी गरे । कार्यक्रम साहित्यकार एवम् प्राध्यापक राजेन्द्र सर्वहारा निरौलाले सञ्चालन गरेका थिए । 

सभापोखरी गाउँपालिका–१ धुपू निवासी कवि, पूर्वशिक्षक एवम् नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वसदस्य समेत रहेका चापागाईंले उक्त कविता संग्रहमा २९ वटा छन्दोवद्ध कविता समावेश गरेका छन् । सो पुस्तकमा शार्दूलविक्रीडित छन्दका १६ वटा, वसन्ततिलका छन्दका ४ वटा, इन्द्रवज्रा छन्दका ४ वटा, अनुष्टुप छन्दका २ वटा, मन्दाक्रान्ता छन्दका २ वटा र शिखरिणी छन्दको एउटा कविता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार