मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

आठौं संस्करण अरुणभ्याली
आठौं अरुणभ्याली फुटबल प्रतियोगिता शुरु : प्रमुख अतिथी मेयर थपलियाले भने—‘सधै साथ सहयोग रहन्छ ।’ (फोटोफिचर)

Sankhuwasabhapress 598+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा आठौं अरुणभ्याली आमन्त्रित फुटबल प्रतियोगिता शुरु भएको छ । 

आज (सोमबार) एक समारोह बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

उनले प्रतियोगिताको उद्घाटन गर्दै खेलले मानिसहरुलाई अनुशासित बताउर्दै कुसंस्कार र विसंगतिका विरुद्ध पनि खेलकुद आवश्यकता रहेको बताए । ‘शान्ति र सद्भावका लागि पनि खेलकुद आवश्यकता छ । विगत देखि वर्तमान सम्म एडभान्स क्लबले निरन्तर प्रतियोगिता गर्न सफल भईरहेको छ, यसका लागि मुरी–मुरी धन्यवाद दिन चाहान्छु । नगरपालिकाको सधै साथ र सहयोग रहन्छ । खेलमैदानमा बनाइएको अस्थायी स्टेडियमको साटो आगामी बर्ष स्थायी स्टेडियम बनाउनका लागि डिपिआर तयार गरी बजेट संघ र प्रदेशमा समेत माग गरि बनाउने पहल गरिनेछ ।’—मेयर थपलियाले भने । 

उक्त उद्घाटन समारोहमा जनप्रतिनिधी, राजनैतिक दल, जिल्ला सरकारी कार्यालय प्रमुखहरु, नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा पहिलो खेल मकालु फ्रेन्डस भर्सेस तीनपोखरी क्लब बीच भएको थियो । खेलको शुरु ३ मिनेटमा नै तीनपोखरीले १ गोल गरेपछि मकालु फ्रेन्डसले फर्काउन सकेनन् । त्यही गोल निर्णायक बन्यो ।

त्यसैगरि दोस्रो खेल अरुण एडभान्स र सितलपाटी एफसी बीच दुवैले १–१ गोल बराबर गरेका थिए । ट्राइबे्रकरमा अरुण एडभान्सलाई गोल गर्दै सितलपाटी एफसी विजयी बने । 

विगत लामो समयदेखि एडभान्स क्लबले दशैं र तिहारको बीच बर्सेनि फुटबल प्रतियोगिता गर्दै आएको छ । यो प्रतियोगिता जिल्लामा नै ठूलो राशी र प्रतिष्ठित प्रतियोगिता हो । आज (सोमबार) देखि शुरु भएको प्रतियोगिता २४ गते समापन हुनेछ । 

उक्त प्रतियोगितामा जिल्ला भित्र र बाहिरका नाम चलेका १२ वटा क्लबहरु एड्भान्स क्लब मानेभञ्ज्याङ्ग (आयोजक), लोहोरुङ क्लव पाङ्मा, खाँदबारी युथ क्लव खाँदबारी, फे्रन्ड्स क्लव मकालु, मिर्मिरे युवा क्लव तामाफोक, अरुण एड्भान्स क्लव काठमाडौ, सेकाहा सामुदायिक क्लव सेकाहा, सित्तलपाटी फुटबल क्लब सित्तलपाटी, कोसी प्रदेश प्रहरी टिम, तीनपोखरी क्लव खाँदबारी, पञ्चकन्या क्लव धर्मदेवी र सभापोखरी फुटबल क्लव सभापोखरीको सहभागिता रहेको एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिए । उनले प्रतियोगितालाई ब्याबसायिकरण गर्न जिल्लामा नै पहिलो पटक टिकट किनेर मात्रै प्रतियोगिता हेर्ने पाइने ब्यबस्था गरेको छ । खेलमैदान परिसरमा अस्थायी स्टेडियम निर्माण गरिएको दर्शकहरुलाई बस्न ब्यबस्थित बनाइएको छ । 

प्रतियोगिताको विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगीहरुलाई सहभागीताको आधारमा ब्यवस्थापन खर्च उपलब्ध आयोजकको भनाइ छ । 

प्रतियोगिताको उद्घाटनमा समारोह स्थानीय कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुद्धारा साँस्कृतिक समेत गरिने जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार