मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

पत्रकारिता पुरस्कार :
मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ ज्ञान उदासलाई दिने निर्णय

Sankhuwasabhapress 607+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) र मनराम प्रतिष्ठानले संयुक्तरुपमा प्रत्येक बर्ष प्रदान गर्दै आएको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ यस बर्ष अग्रज पत्रकार ज्ञान उदासलाई दिने निर्णय गरेको छ ।

पत्रकारिता तथा साहित्य मार्फत समाजलाई लामो समयदेखि निरन्तर योगदान दिइरहेको भन्दै संखुवासभा चैनपुर नगरपालिका–६ हाल काठमाडौ बस्ने ८१ बर्षीय उदासलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२००० साल मंसिर २४ गते बुवा स्व. कृष्णप्रसाद उदास र आमा स्व.बालकुमारी उदासको कोखबाट जन्मिएका उदासलाई लामो समयदेखि निरन्तर पत्रकारिता तथा साहित्य क्षेत्रमा रही समग्र देश र संखुवासभा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानका साथ पुरस्कार वितरण गर्ने निर्णय गरिएको एसकाजका अध्यक्ष शंकर खनालले जानकारी दिए । 

एसकाजका सल्लाहकार दुर्गा खनालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिले सिफारिस गरेको आधारमा एसकासले अग्रज पत्रकार उदासलाई पुरस्कार दिने निर्णय गरेको हो ।

२०३९ सालदेखि हालसम्म निरन्तर नयाँ खवर कागज साप्ताहिकको सम्पादक÷प्रकाशक भएर काम गरिरहेका उदासले संखुवासभामा रहँदा र काठमाडौंमा हुँदा पत्रकारिता र साहित्य मार्फत योगदान पु¥याइरहेका छन् । उदासले ९ वटा साहित्यिक कृति प्रकाशन गरिसकेका छन् ४ वटा कृतिको सम्पादन गरेका छन् । 

प्रेस काउन्सिल नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेलबाट भर्खरै अग्रज पत्रकारिता पुरस्कार पाएका उदासले दर्जनौ सम्मान तथा पुरस्कार पाइसकेका छन् । 

मनराम–एसकाज पत्रकारिता पुरस्कार आगामी शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच हस्तान्तरण हुनेछ । समाजसेवा तथा शैक्षिक क्षेत्रमा क्रियाशिल संस्था ‘मनराम फाउण्डेसन’ संग एसकाजले सहकार्य गरेर ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७३’ स्थापना गरेपछि पहिलो पुरस्कार पत्रकार गंगा विष्टलाई प्रदान गरिएको थियो ।

त्यसैगरी पत्रकार इन्द्र गिरी २०७४, पत्रकार दीपेन्द्र शाक्य २०७५, पत्रकार कृष्णराज शाक्य २०७६ लाई मनराम–एसकाज पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार नवीन गुरुङ, पत्रकार प्रेमप्रसाद निरौलालाई २०७८’, पत्रकार मातृका प्रसाद तिमल्सिनालाई २०७९ र पत्रकार भोला गौलीलाई २०८० बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार