संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–६ जिरो प्वाईन्ट स्थित चैनपुर–नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक मृत्यु भएको छ ।
आज मंगलबार विहान साढे ७ बजे नुनढाकीबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक धनकुटा नगरपालिका–६ पात्लेखोला घर भएका ३० बर्षीय मनोज खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाले जनाएको छ ।
गम्भिर घाईते भएका खडकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ बर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।