मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

राजेन्द्र कार्की :
कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीको गृहजिल्ला संखुवासभामा भव्य स्वागत

Sankhuwasabhapress 598+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

संखुवासभा । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीको गृहजिल्ला संखुवासभामा भव्य स्वागत गरिएको छ ।

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला संखुवासभा आएका मन्त्री कार्कीलाई राजनैतिक दलका साथै विभिन्न संघसंस्थाहरुले स्वागत गरेको हो । संखुवासभाको निर्वाचन क्षेत्र १ बाट प्रदेश साँसदमा प्रत्यक्ष निर्वाचीत बनेका कार्की मन्त्री बनेपछि पहिलो पटक जिल्ला आएका हुन् । 

शनिबार बेलुकी संखुवासभा आईपुगेका मन्त्री कार्कीलाई आइतबार विहान देखि बेलुकी साँझसम्म करिब एक दर्जनको हाराहारी सार्वजनिक कार्यक्रममा भ्याइनभ्याई सहभागी भएका थिए । 

आइतबार बरुण बहुमुखी क्याम्पसका पूर्वविद्यार्थी समेत रहेका मन्त्री कार्कीलाई क्याम्पस परिवारले स्वागत तथा बधाई दिए । त्यसैगरि मन्त्री कार्कीलाई सबै राजनैतिक दलले स्वागतका साथै बधाई दिए । त्यसपछि नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र, जिल्ला समन्वय समिति, खाँदबारी युथ क्लब लगायतका कार्यालय र संघसंस्थाले स्वागतका साथै बधाई शुभकामना दिएका थिए।

खाँदबारी नगरपालिकाले स्वागत र बधाईका साथै नगरभित्रका विभिन्न योजना समेत माग गरेका थिए । खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले योजनाको फायल समेत पेश निवेदन गरेका थिए ।

त्यसैगरि मन्त्री कार्यक्रम आइतबार दिउँसो खाँदबारी–६ पांठास्थित खेलकुद प्रतियोगितामा समेत सहभागी बन्न पुगे । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीहरुसँग छलफल गरे । छलफलको क्रममा ढिलासुस्ती नगरी जनताको काम गर्न मन्त्री कार्कीले निर्देशन दिए । 

भोली सोमबार विहानै देखि दिउँसो सम्म केही कार्यक्रम भ्याएर प्रदेश राजधानी विराटनगर फर्किने कार्यक्रम रहेको मन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

नेकपा माओबादीका केन्द्रीय सदस्य समेत रहेका कार्की यसअघि पनि उद्धव थापा मुख्यमन्त्री हुदाँ विना विभागीय मन्त्री नियुक्त भएका थिए तर केही काम गर्न नपाई नै सरकार ढलेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार