संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी संखुवासभाको अध्यक्षमा सुशीलजंग कार्की चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको अन्तर जिल्ला विशेष प्रदेश कमिटी अध्यक्ष सुजन घिमिरेको प्रमुख आतित्यतामा शुक्रबार बसेको भेलाबाट अध्यक्षमा कार्की चयन भएका हुन् । उनीसँगै ११ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सजु लिम्बु, सचिवमा सुनिल खड्का, सहसचिव प्रविन भट्टराई, कोषाध्यक्ष रितु कटुवाललाई चयन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी संखुवासभाको भेला कार्यक्रम काठमाडौंको नयाँ बानेश्वर स्थित एक रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।