मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सहयोग :
संखुवासभा भोटे गुम्बा निर्माणमा खाँदबारी नगरपालिकाको ५० हजार रुपैया सहयोग

Sankhuwasabhapress 598+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

संखुवासभा । काठमाडौको गोकर्णेश्वरमा निर्माणाधिन संखुवासभा भोटे गुम्बालाई खाँदबारी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

आदीवासी, जनजाति, भोटेसमूदायको इतिहास, पहिचान, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्य अनुरुप खाँदबारी नगरपालिकाले ५० हजार रुपैया सहयोग गरेको हो । खाँदबारीबाट काठमाडौ पुगेर प्रमुख महेश थपलियासहितको टोलिले गुम्बा निर्माणको अवलोकन गर्दे आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

भोटे समूदायले आफ्नो गुम्बा निर्माणकालागि स्वस्फूर्तरुपमा श्रमदान पनि गरी रहेको छ । हिमालय भोटे समाज काठमाडौका अध्यक्ष मिथुन भोटे र निर्माणाधिन श्री संखुवासभा भोटे गुम्बाका अध्यक्ष ताप्चेन भोटेले गुम्बाको पहिलो तला ढलाईको काम सकिएको र ग्याल्पु ल्होसारको कार्यक्रम संखुवासभा भोटे गुम्बामा भव्य रुपमा मनाउने तयारी भई रहेको जानकारी दिए ।

भोटे समूदायको गुम्बा निर्माणले मूर्त रुप लिने भएपछि यस समूदायमा खुशीयाली पनि छाएको छ । भोटे गुम्बा निर्माण जस्तो पवित्र काममा अगडी बढेको भोटे समूदायको यो गुम्बा निर्माणमा स्वस्फूर्त रुपमा सहयोगसमेत जुटी रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार