मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

दिवस
संखुवासभामा २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

Sankhuwasabhapress 598+ समाचार ( )
७ माघ २०८०, आइतबार

संखुवासभा । ‘स्थानीय श्रोत र प्रविधीको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूलनारा सहित संखुवासभामा २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएका छन् ।

मंगलबार सदरमुकाम खाँदबारीमा जिल्ला विपद् ब्यबस्थापन समिति, खाँदबारी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी संखुवासभाको संयुक्त आयोजनामा भूकम्प सुरक्षा दिवस मनाइएको हो । खाँदबारीस्थित नयाँ बजारबाट प्ले कार्ड बोकेको -याली सहित शुरु भएको कार्यक्रमले नगरको विभिन्न भागको परिक्रममा गर्दै पोखरीबजार स्थित चाँदनी चौकमा कोणसभाको आयोजना गरिएको थियो ।

वि.सं. १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको संम्झनामा राष्ट्रिय भूकम्प दिवश बनाउने गरिन्छ । त्यतिबेला भूकम्पको केन्द्रविन्दु संखुवासभाको चैनपुरलाई मानिन्छ । 

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भूकम्पले विगतमा धेरै ठूला–ठूला धनजनको क्षति पु¥याएको हुदाँ यसबाट सबैले सचेत रहन आग्रह गरे । उनले भूकम्प प्रतिरोधी घर तथा संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिर्दैं यसको जोखिमका बारेमा समेत आममानिसहरु सचेत रहन आग्रह गरे । 

त्यसैगरि संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले भूकम्प कुन बेला आउँछ भन्ने यकिन नहुने भएकाले सधैं चनाखो र सचेत रहनुपर्नेमा आग्रह गरे । भूकम्प बाजा बजाएर नआउने भएकाले यस्ता खालका जोखिमबाट सधैं सचेत रहनुपर्नेमा जोड दिए ।

वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने हेतुले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । भूकम्प दिवशको अवसरमा माघ २ गते दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको संम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको नेपाल रेडक्रस सोसाइटी संखुवासभाका कार्यक्रम अधिकृत लक्ष्मी कार्कीले बताईन् । उनले भूकम्पले जनधनको ठूलो क्षति पु-याउने भएकाले त्यसको जोखिमबाट समेत रहन कार्यक्रम गर्दै आएको बताईन् । 

भूकम्पले लाखौं अरबौं रुपैया बराबरको भौतिक क्षति र मानवीय गति पु-याउने भएकाले यसको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको कार्यक्रममा बताइयो । कार्यक्रममा भूकम्पबाट कसरी बच्ने भन्ने बारेमा समेत प्रर्दशन गरेर देखाइएको थियो । भूकम्प आउँदा डर, भाग्ने भन्दा पनि यसबाट कसरी बच्ने भनेर सचेत हुनपर्नेमा जोड दिइएको थियो । पछिल्लो समय नेपाल भूकम्पीय जोखिम भएको देश भनेर चिन्न थालिएको बक्ताहरुको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार