मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

डेंगी संक्रमण बढ्दो
संखुवासभामा डेंगी संक्रमण बढ्दो : नियन्त्रण गर्न रेडक्रसले नेतृत्व गर्ने

Sankhuwasabhapress 598+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

संखुवासभा । जिल्लामा डेंगीको संक्रमण बढ्दो मात्रामा देखिएको भन्र्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । डेंगी नियन्त्रण गर्न कसले नेतृत्व गर्ने भन्ने अन्यौल भईरहेको समयमा अब नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटीले नेतृत्व गर्ने भएको छ । 

बुधबार नेपाल रेडक्रस सोसाइटीले खाँदबारीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो बारेमा जानकारी दिइएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पछिल्लो समयमा हिमाली जिल्ला संखुवासभामा पनि जलवायु परिवर्तनका कारण लामखुट्टे देखिएपछि डेंगी संक्रमित समेत अत्यधिक बढेको बताउर्दै यसको नियन्त्रण गर्न सबै लाग्नुपर्ने जोड दिए । उनले अब सबैले ‘खोज र नष्ट गर’ भन्ने अभियान नै चलाएर डेंगीको बासस्थान पहिचान गरी नष्ट गर्नु बाहेक अर्को विकल्प नरहेको बताए । 

कार्यक्रममा स्वास्थ्य कार्यालय संखुवासभाका कार्यालय प्रमुख नारदमुनी सुवेदीले जिल्लामा डेंगी संक्रमण अत्यधिक बढेको बताउर्दै कार्यालयमा किट खरिद गर्ने बजेट नै सकिएको बताए । उनले भर्खरै मात्र ३ सय ५० किट खरिद गरि ८० प्रतिशत जिल्ला अस्पतालमा बाँकी किट पालिकास्तरमा वितरण गरिएको बताउर्दै जिल्लामा अझै किटको आवश्यकता भएको तर बजेट पर्याप्त नभएको बताए । उनको अनुसार, संखुवासभामा बुधबार सम्म १ हजार ७ सय ८९ जनालाई परिक्षण गर्दा ५ सय ५० जना संक्रमित देखिएका छन् ।

कार्यक्रममा खाँदबारी नगरपालिका उपमेयर महेश्वरा बज्राचार्य श्रेष्ठले डेंगी नियन्त्रण गर्न निकै ढिलाई भईसकेकाले सबै मिलेर काम गर्नुपर्नेमा आग्रह गरे । गतबर्ष पनि कार्यक्रम त्यतिधेरै प्रभावकारी नभएकाले यो बर्ष सबै मिलेर हातेमालो गरेर सचेतनामुलक अभियान संचालन गर्नुपर्ने उपमेयर बज्राचार्यले बताईन् ।

संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले सरोकारवाला सबै निकाय एकजुट भएर सचेतनामुलक कार्यक्रमको अभियान नै संचालन गरि घर–घर सम्म पुग्नुपर्ने धारणा राखे । उनले सबै सरोकारवाला निकायहरु बीच एकीकृत अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत पशुपति खनालले आममानिसहरुलाई डेंगीको बारेमा सचेतना अभियान संचालन गरि जानकारी दिनुपर्ने बताए । उनले डेंगीको औषधी र भ्याक्सिन समेत नभएको हुदाँ सचेत रहनुपर्नेमा जोड दिए ।

त्यसैगरि संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले स्थानीय सरकारले समेत डेंगी नियन्त्रणका लागि पहल गर्नुपर्नेमा आग्रह गरे । उनले निजीस्तरबाट समेत डेंगी नियन्त्रणमा पहल भईरहँदा स्थानीय सरकार मौन बसेको बताए ।

जिल्ला अस्पताल संखुवासभाका निमित्त कार्यालय प्रमुख डा. भीम लामाले अस्पतालमा डेंगीको बिरामी बढेको बेडको नै अभाव भएको बताए । उनले बर्खाको समय, झरी बादल र गर्मी भएकाले डेंगी र भाइरल ज्वरोका बिरामीहरु अस्पतालमा बढेको बताए । अस्पतालले जसोतसो ब्यबस्थापन गरेर बिरामीहरुको उपचार गरिरहेको उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी संखुवासभाका सभापति सरोजकुमार बज्राचार्यले अब जिल्लामा डेंगी नियन्त्रणका लागि रेडक्रस सोसाइटीले अगुवाई गर्ने गरि केन्द्रबाट कार्यक्रम स्वीकृत भई आएकाले सबै निकायबाट साथ र सहयोगको अपेक्षा गरिएको बताए । उनले सेप्टेम्बर देखि नोभेम्बर सम्म तीन महिनाका लागि रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफएफआरसी)को सहयोगमा डेङ्गु संक्रमणको नियन्त्रण तथा प्रतिकार्य योजना कार्यक्रम भई आएकोले बिहिबार देखि नै कार्यक्रम शुरु गरिने बताए ।

रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफएफआरसी)को सहयोगमा संखुवासभामा तीन महिनाका लागि १६ लाख ८० हजार रुपैया बराबरको कार्यक्रम लागु भई आएको सभापति बज्राचार्यको भनाइ थियो ।

डेंगी नियन्त्रणका लागि ३ महिना सम्म कार्यक्रम संचालन हुने बारेमा रेडक्रसका कर्मचारी लक्ष्मी कार्कीले प्रस्तुतीकरण गरेका थिइन् । 

कार्यक्रममा जिल्लाका सरोकारवाला सबैको उपस्थिती रहेको थियो । खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की, जिल्ला प्रहरी कार्यालय डियसपी घनश्याम श्रेष्ठ, खाँदबारी १ नम्बर वडाका वडाध्यक्ष निरन्जन श्रेष्ठ, नयाँ भैरवी दलका उपसेनानी, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, खाँदबारी नगरपालिकाका स्वास्थ्य संयोजक दिलिप श्रेष्ठ, लेखाअधिकृत रुद्रमणि श्रेष्ठ, रेडक्रसकर्मीहरु लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार