संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरमा आयोजित सातौं सित्तलपाटी फुटबल कपको उपाधी विहानी फुटबल क्लबले जितेको छ ।
शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा गाउँले फुटबल क्लब खाँदबारीलाई ०–१ गोल गर्दै विहानी फुटबल क्लबले उपाधी हात पारेको हो । त्यसैगरि प्रतियोगिताको तेस्रो स्थान आयोजक सित्तलपाटी र चेवाबेसी फुटबल क्लब भएका थिए ।
प्रतियोगिताका विजेता विहानी फुटबल क्लबले उपाधीसँगै नगद ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता गाउँले फुटबल क्लबले नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरि तेस्रो दुई टिमले नगद २०/२० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गरेको सित्तलपाटी फुटबल क्लबका अध्यक्ष इन्द्र चौहानले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद : सारा युवा समेटर्दै प्रगतिको पथमा अघि बढ्र्दै’ भन्ने नारासहित सित्तलपाटी फुटबल क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई एक कार्यक्रम बीच प्रमुख खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, खाँदबारी १० का वडाध्यक्ष बेदबहादुर चौहान लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा २६ टिमको सहभागीता रहेको थियो । मंगलबार देखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।