मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सम्पादकीय :
संखुवासभाको विकास र समृद्धिका लागि पत्रकारको आँखा जानुपर्छ ।

Sankhuwasabhapress 598+ समाचार ( )
२१ पौष २०८१, आइतबार

पत्रकार राज्यको चौथों अंगको रुपमा परिभाषित छन् । राज्यले ससम्मान रुपमा प्रेस, संचार अथवा पत्रकार जे भने पनि ति अंगलाई चौथो अंगको रुपमा सम्मान दिएको छ । मुलुक संचालन गर्ने मुख्य गरि तीन वटा अंगहरु हुने गर्दछन्—कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिका । त्यसको अर्को अंग भनेको प्रेस हो । 

यि तीन वटा अंग बिना मुलुक अथवा राज्य संचालन हुदैनन् । राज्य अर्थात सरकार प्रमुखले नीति नियम र कानुन बिना राज्य संचालन गर्न सक्दैनन् । यि तीन तहसँगै पत्रकारिता क्षेत्रलाई चौथों अंगको रुपमा परिभाषित गरिएको छ । यि राज्य संचालन गर्ने तीन वटा केन्द्रको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निगरानी गर्ने काम प्रेसले गर्दछ, त्यसैले चौथो अंग भनिएको हो ।

यहि चौथो अंगको यहि २८ मंसिर २०८१ मा देश पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नयाँ कार्यसमिति चयन भएर आएको छ। नयाँ कार्यसमितिले आफ्नो पेशालाई मात्रै प्राथमिकता दिने भन्दा पनि पत्रकारको हकहितको निमित्त बोल्नुपर्ने दायित्व हो । त्यसका साथै जिल्लाको विकास निर्माण र त्यहाँ भएको नराम्रा गतिविधीहरुको निगरानी गर्ने र त्यसको बारेमा खण्डन आलोचना गर्ने पनि पत्रकारहरु नै अगाडी हुने गर्दछ । अर्काको बारेमा मात्रै पत्रकारहरुलाई संखुवासभामा सञ्चालित संचार संस्था र ती संस्थामा कार्यरत सञ्चारकर्मीहरुको बृत्ति विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार समक्ष विभिन्न समन्वयकारी भूमिका दिनुपर्छ । स्थानीय खोलानालाबाट जलविद्युत्त कुरा, मुढेबजार तथा आसपासका क्षेत्रहरुको अव्यवस्थित बसोबास तथा लालपुर्जा वितरण समस्या समाधान प्रतिको ध्यानाकर्षण, संखुवासभामा पाइने लोपोन्मुख माछाको अवस्था र अव गर्नुपर्ने संरक्षण, रुद्राक्ष खेती, वरपिपल, धारा, चौतारा, कुवा, पँधेरा, मठमन्दिरको संरक्षण र संवद्र्धन लगायतका थुप्रै बिषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । त्यसका साथै पत्रकारहरुका लागि क्षमता अभिवृद्धि गर्न स्थानीय सरकारले लेखनवृत्ति (फेलोशिप),पशुपालक कृषकलाई मासु बजारीकरण र तरकारी उत्पादक किसानलाई बजार व्यवस्थापन लगायत समग्र संखुवासभाको विकासका लागि स्थानीय सरकारले पत्रकारसँग समन्वय गरेर जानुपर्ने देखिन्छ ।

संखुवासभाको विकास र समृद्धिका लागि गर्नुपर्ने कामहरुको बारेमा जिल्लाका सबै तहलाई पत्रकारहरुले समय–समयमा ध्यानाकर्षण गराउर्दै आएको छ । अहिले वडा तह देखि संघीय सरकार समेत बनेको अवस्था छ । यस्तो अवस्थामा सकारात्मक ढंगले जिल्लाको विकासका निम्ति पत्रकारहरुको आँखा जानु जरुरी छ । जब सम्म पत्रकारहरुले लुकेको र नदेखिएका कुराहरु बाहिर ल्यादैनन् तब सम्म ती गाउँ, ठाउँ र समाजको विकास र उन्नती हुदैन । त्यसैले लुकेका कुराहरु बाहिर ल्याउनु पर्ने पत्रकारको धर्म हो । त्यसैले समग्र संखुवासभाको विकास र समृद्धिका निम्ति सबै कलमजिवी पत्रकारहरुको ध्यान जानु जरुरी छ । जब सम्म पत्रकारले सत्य, तथ्य र निष्पक्ष समाचारहरु बाहिर ल्याउदैनन्, तब सम्म ति क्षेत्रको उजागार हुन सक्दैनन् । त्यसैले पत्रकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा कलम चलाउन आवश्यक छ । जिल्लाका ठूलो प्रोजेक्ट देखि नदेखिएका र आमसर्वसाधारणहरुले बेवास्ता गरेका कुराहरुको सत्य, तथ्य बाहिर ल्याउनु नै पत्रकारको कर्म पनि हो । त्यसैले लुकेको बिषयमा बाहिर ल्याई संखुवासभाको समृद्धि र विकास निम्ति सबैले काम गरौं ।





प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार