मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

#विप्लव
कम्युनिष्ट पार्टी (विप्लव)ले आगामी २०८४ को चुनाव लडने (भिडियो सहित)

Sankhuwasabhapress 598+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द समुह)ले आगामी २०८४ को चुनाव लड्ने बताएको छ ।

विहिबार सदरमुकाम खाँदबारीस्थित पत्रकार महासंघको कार्यालयमा पत्रकारहरुसँग भेटघाट गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द समुह)का जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य देव सीले यस्तो बताएका हुन् । उनले पार्टीका गतिविधीहरु आमनागरिकहरु सम्म पु-याउनका लागि आफूहरु खुलेर बाहिर आएको बताए ।

‘पार्टीको केन्द्रीय बैठकले राष्ट्रियताको सवालमा खाँस गरि तीन वटा मुद्धा उठाएको छ । पहिलो अमेरिकी सहयोग एमसीसी परियोजनाको विरोध गर्ने र यो राष्ट्रघाती निर्णय हो । दोस्रो नेता तथा कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्ने, त्यो भनेको आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर अर्थतन्त्र हुन्छ भन्ने पार्टीले मान्यता बोकेको छ । तेस्रो प्रत्येक घरघरमा उत्पादन र टोलटोलमा उत्पादन अभियान संचालन गरिनेछ । यि कुराहरु बुझाउन अव हामी समुदायस्तरमा गाउँ–गाउँ पुग्ने योजना छ ।’—देव सीले भने । 

नेपाल कम्युनिष्ट पार्टी संखुवासभाको अव छिट्टै जिल्ला सम्मेलन गर्ने तयारीमा समेत जुटेको देव सीले खुलासा गरे । उनले आगामी माघ र फागुनभित्र जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको स्पष्ट पारे । पार्टीले आगामी २०८४ को निर्वाचन लड्ने निर्णय गरेकाले पार्टीलाई मजबुद र सशक्त बनाउदै अघि बढिरहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द र अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा राजनैतिक मुद्धाहरु फिर्ता लिने लगायतका सहमति गरेका थिए । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी अलि खुला भएर जनस्तरमा निस्कन थालेको हो ।

भिडियो .....

https://www.youtube.com/watch?v=zYx6ZoSuauU&t=342s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार