संखुवासभा । जिल्लाको मकालु गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएको हो । सोमबार मकालु गाउँपालिकाको केन्द्र नुममा आयोजित गाउँसभाले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट, नीति तथा योजना सहित बजेट सार्वजनिक गरेको छ ।
सभामा २०८१–०८२ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेश गरिएको थियो । उक्त विधेयक सर्वसम्मत पारित भएको छ । आर्थिक विकास समिति संयोजक बद्रीबहादुर राईले आर्थिक विधेयक प्रस्तुत गरेका थिए भने उपाध्यक्ष मनकला राईले विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष राईले आगामी आर्थिक बर्ष २०८१–०८२ का अनुमानित ४६ करोड ५३ लाख ६२ हजार ४ सय ६४ रुपैंयाको विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् ।
ज्समा संघीय सरकार वित्तीय समानिकरण तर्फ ९ करोड ७६ लाख, केन्द्रिय सरकार राजश्व बाँडफाँड १० करोड ४८ लाख, प्रदेश सरकार वित्तीय समानिकरण ५९ लाख ७० हजार, प्रदेश सरकार राजश्व बाँडफाँड १ करोड ८ लाख ५५ हजार, केन्द्रिय सरकार समपुरक अनुदान १ करोड, प्रदेश सरकार समपुरक अनुदान ९५ लाख, आन्तरिक तथा अन्य आय २ करोड ५० लाख संघीय सरकार ससर्त अनुदान १९ करोड ८५ लाख ३ हजार, प्रदेश शसर्त अनुदान ४५ लाख ९८ हजार रकम विनियोजन भएको छ ।
२०८१–०८२ का लागि नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले प्रस्तुत गरेका थिए । प्रस्तुत निति तथा कार्यक्रममा कृषि तथा प्राकृतिक सम्पदालाई भरपुर प्रयोग गरेर पुर्वाधार विकासको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिइएको छ ।