मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

भवन उद्घाटन :
भेटेरिनरी अस्पताल संखुवासभाको भवन उद्घाटन गर्दै मन्त्री रामकुमार खत्रीले भने—‘घरेलु उत्पादनको ब्राडिण्ङ गर्नुपर्छ’

Sankhuwasabhapress 598+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाको प्रशासनिक भवन उद्घाटन गरिएको छ ।

सोमबार नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले मन्त्रालय घरेलु उत्पादनको ब्राडिण्ड गर्न लागि परेको बताए । उनले स्थानीय ठाउँमा उत्पादन भएका कोदो, मकै र गहुँ लगायत उत्पादित बस्तुलाई ब्राडिण्ङ गर्ने हो भने सजिलै आम्दानी लिन सकिने बताए । 

यसअघि देखि नै मन्त्रालय घरेलु उत्पादनलाई ब्राडिण्ङ गर्ने योजना अघि सारेपनि संघीय कानुनको अभावको कारण प्रदेश सरकारले घरेलु उत्पादनको ब्राडिण्ङ गर्न नसकिरहेको मन्त्री खत्रीले गुनासो पोखे । कार्यक्रममा बोल्र्दै मन्त्री खत्रीले मुलुकको कायापलट गर्ने हो भने कृषिमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रमा बजेट कम बिनियोजन हुने गरेको पाइएकाले आगामी बजेट बनाउने विषयमा निकै सोच विचार गरेर बजेट बिनियोजन गर्ने बताउर्दै संखुवासभामा छरप्रष्ट साना योजना भन्दा पनि देखिने खालका ठूला योजनामा बजेट बिनियोजन गर्न गृहकार्य गरिरहेको बताए । ‘कृषि क्षेत्रमा पर्याप्त मात्रामा उत्पादन लिन सकिने भएपनि बजारीकरणको अभाव छ । अव बजार खोज्नुपर्छ । कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउने हो भने पर्याप्त संम्भावना छ, प्रतिब्यक्ति आय बृद्धि गर्न, मुलुकको विकास र समृद्धि गर्ने हो भने कृषिको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गर्नुपर्छ भनेर मुख्यमन्त्री ज्यूसँग समेत सल्लाह भईरहेको छ ।’–मन्त्री खत्रीले भने । 

कोेशी प्रदेशलाई चाँडै खोरेत मुक्त पशुहरु भनी घोषणा गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको बताउदैं प्रदेशलाई त्यसपछि मासुमा आत्मनिर्भर बनाउने सकिने मन्त्रीको भनाइ छ ।

 कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख हिमालय पोखरेलले कार्यालय प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले कार्यक्रममा संखुवासभा र भोजपुर जिल्लामा बेग्ला–बेग्लै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय स्थापना भए नागरिकहरुले सहज सेवा पाउने आग्रह गरेका थिए । ‘हाम्रो कार्यालयको नाम समेत जनजिव्रोमा झुण्डिने खालको नभएको कारण कतिपय मानिसले उच्चारण नै गर्न जान्दैनन् । संशोधन गरी सजिलो नाम राख्य पाए अति नै उत्तम हुन्छ जस्तो लागेको छ, मन्त्री ज्यू र सचिव ज्यूको ध्यानाकर्षण गराउन चाहान्छु ।’—कार्यालय प्रमुख पोखरेलले भने ।   

 खाँदबारीमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालयको साढे तीन तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । कोशी प्रदेश सरकारको भ्याट सहित २ करोड ९५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । ०७९ साल बैशाख १६ गते संम्झौता भई ०८० बैशाख १६ गते सम्म निर्माणसम्पन्न गर्ने भनी ठेकेदार कम्पनी अरुणबरुण निर्माण कम्पनीसँग संम्झौता भएको थियो । तर, निर्माण कम्पनीले संम्झौता समयअवधी भन्दा ५ महिना अगाडी ०८० असोज १८ गते नै निर्माण सम्पन्न गरि कार्यालयलाई हस्तान्तरण गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख पोखरेलले बताए । उनको अनुसार, निर्माण कम्पनीले समयअवधी भन्दा अगाडी नै काम सम्पन्न गरेवापत १० प्रतिशत बोनस समेत प्राप्त गरेको जनाएको छ । 

कार्यक्रममा समयभन्दा अगाडी नै काम सम्पन्न गरेको भन्दै अशल निर्माण ब्याबसायी अरुणबरुण निर्माण कम्पनीका प्रबन्ध निर्देशक मिगुर शेर्पालाई प्रमुख अतिथी मन्त्री रामकुमार खत्रीले सम्मानपत्रद्धारा सम्मानित समेत गरेका थिए ।

 कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, संखुवासभा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यसैगरि भोजपुर अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सुविधासम्पन्न भवन निर्माण भएकोमा खुशी ब्यक्त गर्दै नागरिकले अनुभूत गर्ने गरि सेवाप्रवाह गर्न आग्रह गरेका थिए । कबार्यक्रममा जिल्लाभित्रका राजनैतिक दलहरु नेपाली कांग्रेसका कार्यवहाक जिल्ला सभापति अन्नतकुमार गौली, नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई, राप्रपाका जिल्ला सचिव रमोद श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मानसिंह पोखरेलले लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

उक्त भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले संखुवासभा र भोजपुर जिल्ला हेर्दै आएको छ । कार्यालयको अगाडी हिमाली चौरीको शेर्पेनी महिलाले दुध दुहुर्दै गरेको मूर्ति समेत स्थापना गरिएको छ । 

कार्यक्रममा जिल्लाभित्रका राजनैतिक दल, संखुवासभा र भोजपुर विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय टोल विकास संस्था, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा शेर्पा महिलाहरुले स्याप्रु नाचद्धारा स्वागत गरेका थिए । जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको अध्यक्षतामा आयोजित भवन उद्घाटन कार्यक्रम कार्यालयका लेखापाल सुशील पोखरेलले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार