मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

छोरा मरेपछि ७० वर्षीय बाबुले गरे २८ वर्षीया बुहारीसँग विवाह, यस्तो छ कारण..

Sankhuwasabhapress 598+ समाचार ( )
३ अशोज २०८०, बुधवार

काठमाडौं । छोराको निधनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् ।दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।

यतिबेला यो खबर चर्चाको विषय बनेको छ ।जानकारी अनुसार यो घटना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् ।

उनले बुहारी पूजासँग बिहे गरेका छन् । कैलाश ७० वर्षका छन् भन् पूजा २८ वर्षकी भइन् । यो जोडीबीच ४२ वर्षको अन्तर छ । सोहीकारण यो कुरालाई लिएर धेरैजना हैरान छन् । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृत्यु भइसकेको थियो ।उनका चार सन्तान थिए ।

तर एक छोराको केही वर्षअघि मृत्यु भएको थियो । उनको मृत्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् । त्यसपछि कैलाशले उनीसँग विवाह गरेका हुन् । दुवैले आपसी सहमतिमा विवाह गरेको खबर सार्वजनिक भएको छ ।

छोराको मृत्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् । घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् । त्यसपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् ।

यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ ।प्रहरीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन ।

प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो । उजुरी परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार