मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

लोककल्याणकारी :
पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन नपाउने गरी कानुन बनाउने तयारी

Sankhuwasabhapress 598+ समाचार ( )
१७ माघ २०८०, बुधवार

सरकारले संसद्को आउने अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेस काउन्सिलले गर्ने पत्रपत्रिका संपरीक्षणको प्रावधान हटाइएको छ

पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन नपाउने गरी सरकारले मिडिया काउन्सिलसम्बन्धी ऐन बनाउँदै छ । सञ्चार मन्त्रालयले संसद्को आउने अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेको विधेयकमा पत्रपत्रिका वितरणसम्बन्धी संपरीक्षणको प्रावधान हटाउने व्यवस्था गरिएको छ । यो प्रावधान हटेसँग पत्रपत्रिका वर्गीकरण गर्ने व्यवस्था रोकिनेछ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० मा भएको पत्रपत्रिका वितरण संपरीक्षणसम्बन्धी व्यवस्थाअनुसार पत्रपत्रिका वर्गीकरण गर्दै आएको छ । सो आधारमा पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्राप्त गर्दैै आएका छन् । यदि प्रस्तावित मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पास भए पत्रपत्रिकाको वर्गीकरण हुनेछैन । र, उनीहरू लोककल्याणकारी विज्ञापन प्राप्तबाट वञ्चित हुनेछन् । 

प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले संसद्मा पेस हुने तयारीमा रहेको मिडिया काउन्सिल विधेयकबाट पत्रपत्रिका वितरणसम्बन्धी संपरीक्षणको प्रावधान हटाइएको जानकारी दिए । ‘प्रेस काउन्सिल ऐन, २०४८ मा पत्रपत्रिका वितरण संपरीक्षणसम्बन्धी व्यवस्था छ । सोहीअनुसार पत्रपत्रिकाको वर्गीकरण हुने गर्छ । र, लोककल्याणकारी विज्ञापन वितरण हुन्छ । मिडिया काउन्सिल विधेयकमा भने यो प्रावधान राखिएको छैन । आमसञ्चार विधेयकमा यो प्रावधान समेटिएको मेरो जानकारीमा आएको छ,’ उनले भने ।

मिडिया काउन्सिल विधेयक अहिले आवश्यक राय लिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ । कानुनबाट स्वीकृत भएलगत्तै विधेयक मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेमा विधेयक छलफलका लागि संसद्मा पेस हुनेछ । सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मिडिया काउन्सिल विधेयकमा पत्रपत्रिका संपरीक्षणसम्बन्धी प्रावधान नराखिएको जानकारी दिए । पत्रपत्रिका संपरीक्षणसम्बन्धी प्रावधान आमसञ्चार विधेयकमा राखिएको उनले बताए । ‘मिडिया काउन्सिल विधेयक राय संकलनका लागि कानुन मन्त्रालय पुगेको छ । पास भएर आएलगत्तै मन्त्रिपरिषद्मा जानेछ । त्यसपछि छलफलका लागि संसद्मा पेस हुनेछ । विधेयकमा पत्रपत्रिका संपरीक्षण गर्ने प्रावधान राखिएको छैन । तर, आमसञ्चार विधेयकमा यो व्यवस्था गरिएको छ । त्यसो हुँदा पत्रपत्रिकाहरू लोककल्याणकारी विज्ञापन पाउनबाट वञ्चित हुनेछैनन्,’ उनले भने ।

मन्त्रालय स्रोतका अनुसार आमसञ्चार विधेयकमा पनि पत्रपत्रिका संपरीक्षण गर्नेसम्बन्धी प्रावधान राखिएको छैन । उक्त विधेयक अहिले आवश्यक राय लिन अर्थ मन्त्रालय पुगेको छ । ‘पत्रपत्रिका संपरीक्षण गर्नेसम्बन्धी प्रावधान आमसञ्चार विधेयकमा राखिएको छैन । सो प्रावधान मिडिया काउन्सिल विधेयकमै हुनुपर्ने हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको पालामा ०१६ देखि पत्रपत्रिकालाई सरकारले लोककल्याणकारी विज्ञापन दिँदै आएको थियो । जुन अहिलेसम्म पनि जारी छ । यसका लागि प्रेस काउन्सिलले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार पत्रपत्रिका वितरण संपरीक्षण समिति बनाउँछ । समितिले मुलुकभरका पत्रपत्रिकाको वर्गीकरण गर्छ । सोही आधारमा सरकारले प्रत्येक पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन दिँदै आएको छ । यसका लागि वार्षिक ३५ करोड रुपैयाँ खर्च हुने गरेको प्रेस काउन्सिलको भनाइ छ । -Nayapatrika

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार