मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

चौतारी :
प्रेस चौतारी संखुवासभाको अध्यक्षमा चापागाई सर्वसम्मत निर्वाचीत

Sankhuwasabhapress 598+ समाचार ( )
२३ माघ २०८१, बुधवार

संखुवासभा । प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाई सर्वसम्मत निर्वाचीत भएका छन् ।

आइतबार खाँदबारीमा भएको छैटो जिल्ला अधिबेसनले चापागाईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष दिब्यकुमारी राई, सचिव रमा चाम्लिङ्ग, सहसचिव देशन राई र कोषाध्यक्ष कल्पना सुवेदी पौडेल चयन भएका हुन् । त्यसैगरि सदस्यहरु सुमिता याख्या, प्रकाश तामाङ्ग, स्वस्तिका राई, मर्कुस राई, कन्चन राई, विकास विश्वकर्मा, मंगल मेवाहाङ र मोतीराम भण्डारी निर्वाचीत भएका हुन् ।

प्रदेश प्रतिनिधीहरु दुर्गाबहादुर कटुवाल र समिक्षा मगर चयन भएका छन् भने केन्द्रीय प्रतिनिधीहरु गंगा विष्ट, प्रेमप्रसाद निरौला र यमूना गुरागाई रहेका छन् । त्यसैगरि सल्लाहकार संयोजक राजेन्द्र थापा, सदस्य प्रेम निरौला, राजधन राई, विनोद गुरुङ र किशोर बुढाथोकी रहेका छन् । 

उक्त अधिबेसनको खुलासत्रमा नेकपा एमालेका जिल्ला उपसचिव तथा संगठन समन्वय संयन्त्र प्रमुख लेखनाथ बुढाथोकी प्रमुख अतिथी रहेका थिए भने नेकपा एमालेका कोशी प्रदेश प्रचार विभाग सदस्य नारायण कटुवाल, नेकपा एमाले संखुवासभाका प्रचार तथा प्रकाशन विभाग प्रमुख नवीन दाहाल र एमालेका जिल्ला कार्यालय सचिव झलक बुढाथोकी लगायतको उस्थिती रहेको थियो ।

त्यसैगरि नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य इन्द्र गिरी, पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, प्रेस युनियनका अध्यक्ष दिपेन्द्र शाक्य र प्रेस सेन्टरका अध्यक्ष अनिष बिष्ट लगायतको उपस्थिती महानुभावहरुले शुभकामना मन्तब्य राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार