संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ पांमा स्थित भगीवन्त रंगशालामा आज (शनिबार) बाट सातौ पांमा कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतहरुको महानपर्व उधौली तथा धान्यपूर्णिामाको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको एक समारोह बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले भगीवन्त रंगशालाको खेलमैदान ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले खेल मानिसहरुलाई अनुशासित बनाउने भएकाले ब्याबसायिक खेलाडीहरु उत्पादन गर्ने समेत सबै लाग्नुपर्ने धारणा राखे।
प्रतियोगितामा सिक्किम लगायत कोशी प्रदेश भित्रका विभिन्न जिल्लाका १२ क्लबको सहभागीता रहेको छ ।
उद्घाटन सत्रमा भएको पहिलो खेलमा चिचिला एफसीलाई १ को विरुद्ध २ गोल गर्दै सितलपाटी एफसीले जीत हासिल गरे । त्यसैगरि दोस्रो खेलमा एडभान्स क्लब र मकालु भिडी बीच भएको खेलमा शुन्यको विरुद्ध ६ गोल गर्दै एडभान्स क्लबले सहज जीत निकाले ।
प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार र उपबिजेतालेनगद ८१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सेमिफाईनलमा पुग्ने २ टिमले जनही २५/२५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ ।
आज (शनिबार) देखी शुरु भएको प्रतियोगिता ११ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । ११ गते स्थानीय ढाँडेबजार समेत लाग्ने भएकाले रौनकता थपिनेछ भने उद्घाटन सत्रमा स्थानीयहरुले साकेला नृत्य समेत प्रस्तुत गरेका थिए ।
उद्घाटन सत्रका खाँदबारी नगरपालिका मेयर महेश थपलिया, निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, संखुवासभाका प्रहरी प्रमुख डियसपी घनश्याम श्रेष्ठ, खाँदबारी ३ र ४ नम्बरका वडाध्यक्षहरु भरतकुमार घिमिरे र विनोदसुब्बा गुरुङ, संचारकर्मी र स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
लोहोरुङ क्लबका सचिव छत्रमणी काफलेले संचालन गरेको कार्यक्रमको अध्यक्षता प्रतियोगिता संयोजक ध्यानसिं राई रहेका थिए ।