संखुवासभा । निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा चिचिलामा सरसफाई र बृक्षारोपण गरिएको छ ।
शुक्रबार नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति संखुवासभा र कर्मचारी युनियन चिचिलाको संयुक्त आयोजनामा चिचिला गाउँपालिका–१ को ऐतिहासिक तथा पर्यटकीय क्षेत्र पञ्चकन्या पोखरी लगायतका क्षेत्रहरुको सरसफाई तथा विभिन्न प्रजातीका दुई सय भन्दा बढि विरुवाहरु वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको नेपाल कर्मचारी युनियन संखुवासभाका अध्यक्ष जुनकुमार राईले बताए ।

उक्त चिचिला गाउँपालिका सरसफाई तथा बृक्षारोपण कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा, उपाध्यक्ष मनकला राई लगायत जनप्रतिनिधिहरु तथा कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
