मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

यूनियन :
निजामति कर्मचारी यूनियनको संखुवासभा अध्यक्षमा राई (फोटो सहित)

Sankhuwasabhapress 607+ समाचार ( )
१३ माघ २०८१, आइतबार

संखुवासभा । नेपाल निजामति कर्मचारी यूनियनको संखुवासभा अध्यक्षमा जुनकुमार राई सर्वसम्मत निर्वाचीत भएका छन् । 

शनिबार रातिअबेर समम भएको ९ औं जिल्ला अधिबेसनबाट राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षद्धय सन्तोष खड्का (खुला) र भावना पराजुली (महिला) र लाक्पाद राई (समावेसी), सचिव प्रल्हाद थापा, सहसचिव कोषराज श्रेष्ठ, कोषाध्यक्ष चुडामणि दाहाल सहित १४ जना सदस्यहरु रहेका छन् । जसमा अविन गुरुङ, कमला केसी, सुवास भण्डारी, सूर्यकुमार लिम्बू, खेमप्रसाद काफले, रोजीना श्रेष्ठ, अर्जुनकुमार राई, मनोहर राई, अनुशिला राई, छत्रकुमार रावल र प्रकाश विश्वकर्मा सर्वसम्मत निर्वाचीत भएको निर्वाचन समितिका संयोजक पूर्णकुमार गौलीले जानकारी दिए । केही पदहरुमा सर्वसम्मत गर्न खोज्दा समय धेरै लागेको थियो । 

कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल निजामति कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष मानबहादुर वन रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वनले पछिल्लो समय निजामति कर्मचारीहरुलाई आमसर्वसाधारण नागरिकहरुले हेर्ने दृष्टिकोण फरक भएकाले कर्मचारीहरुले सच्चिएर काम गर्नुपर्ने बताउर्दै निजामति ऐन ल्याउन युनियनले पहल गरिरहेको बताए । वनले यो संस्था कर्मचारीहरुको हकहित र संरक्षणको लागि स्थापित भएकाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा नेपाली कांगेसका उपसभापति रामकुमार जिमी, कांग्रेस सचिव टकमान घले, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का लगायतका विशिष्ट अतिथीहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । 

‘राष्ट्रसेवा निष्पक्षता, तटस्थता र कर्मचारी एकता’’ भन्ने नारासहित ९ औं जिल्ला अधिबेसन भब्यताका साथ सदरमुकाम खाँदबारीमा सम्पन्न भएको हो । 

फोटो सहित.....

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार