मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

#cancer
नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं वार्षिकोत्सव सम्पन्न

Sankhuwasabhapress 598+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

नेपालमा अर्बुद रोग निवारण संस्थाले ४२औं वार्षिकोत्सव  मनाएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्री दिपक खड्का रहेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गरे। नेपाल अर्बुद रोग निवारण संस्था बिगत ४२ बर्षदेखि निरन्तर रुपमा क्यान्सर रोग विरुद्ध सचेतना फैलाउन क्रियासिल रहेको बताउँदै अध्यक्ष श्रेष्ठले स्तरीय सेवा विस्तारमा भने अझै धेरै काम गर्न बाँकि रहेको जानकारि दिए ।

संस्थाका महासचिव दिपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखाहरुमा रहेका १५ हजार भन्दा बढी स्वयम्सेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताए ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरको क्षेत्रमा संस्थाले गरेको योगदानको प्रसंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्न नेपाल बायुसेवा निगम तैयार रहेको जनाए ।

कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा प्रकाशित स्मारिका प्रमुख अतिथि माननीय मन्त्री दिपक खड्काले विमोचन गरेका थिए ।कार्यक्रममा विशेषज्ञ चिकित्सकहरु, विद्यालयका विद्यार्थीहरु, पत्रकारहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार