मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

गायक भोलामान गुरुङको ‘छयाङकुटी डाँडा’ सार्वजनिक

Sankhuwasabhapress 607+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मिएका गायक भोलामान गुरुङको ‘छयाङकुटी डाँडा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भोलामान गुरुङ युट्युव च्यालन मार्फत उक्त गीत सार्वजनिक गरिएको हो । जिल्लाको  चिचिला गाउँपालिका–२ आहालेमा जन्मिएका गायक गुरुङ हाल सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दछन् । नेपाली सेनामा कार्यरत गुरुङ भर्खरै मात्रै रिटायर्ड भएर खुल्ला रुपमा गीत संगीतमा लाग्ने योजनाले जागीर छोडेको बताउँछन् । 

गायक तथा सारंङगी बादक समेत रहेका गुरुङले ‘छयाङकुटी डाँडा’ बोलको गीत दुई बर्ष अगाडी नै अडियो बजार ल्याएपनि समयअनुसार पुनः रिभोकल गरेर म्यूजिक भिडियो सहित बजारमा ल्याएको उनले बताए । आफ्नै जन्मथलो आहाले, छ्याङकुटी डाँडा, हरेलो डाँडा आसपासको क्षेत्रहरुमा बाल्यकालमा बिताएको घटनाक्रमलाई संम्झिएर ठेट शब्द टिपेर गीत तयार पारेको र सोही अनुसार म्यूजिक भिडियो समेत छयाङकन गरिएको गायक गुरुङको भनाइ छ । 

उक्त गीतमा शब्द भोलामान गुरुङको आफ्नै रहेको छ भने संगीत दिपेन्द्र राई र गणेश रिजालले तयार पारेका हुन् । ऐरेन्ज दिपेन्द्र राई र रुद्र श्रेष्ठले गरेका छन् । म्यूजिक भिडियोको निर्देशन दिपेन्द्र राईले नै गरेका हुन् । म्यूजिक भिडियोमा गायक गुरुङ र अपेक्षा तामाङलाई फिचर्ड गरिएको छ । छायाङकन सागर हेयोन्जले गरेका हुन् । पूर्वाञ्चल म्यूजिक स्टुडियो इटहरीले गीत गरेको हो । 

भिडियो लिंक ।

https://www.youtube.com/watch?v=SA3mld_dok4

प्रतिक्रिया

Bholaman Gurung ७ भाद्र २०८०, बिहीबार

सारै राम्रो सपोटेट wow supppap

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार