मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

दुई मन्त्रीको आजै शपथ गराउने तयारी, पत्र कुर्दै राष्ट्रपति कार्यालय

Sankhuwasabhapress 618+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनले माओवादी केन्द्र र जनमत पार्टीबाट एक(एकजना मन्त्रीको शपथग्रहण गराउने तयारी गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले आजै शपथग्रहण गराउने तयारी गरेको स्रोतले जानकारी दियो। उनी चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाउनेछन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको पत्र आएपछि शपथग्रहण गर्ने जनाएको छ। 

‘अहिलेसम्म प्रधानमन्त्रीज्यूबाट पत्र आएको छैन। पत्र पाएपछि शपथ गराउन हामी तयार नै छौँ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। 

माओवादीबाट हितबहादुर तामाङ र जनमतबाट अनितादेवी मन्त्री बन्दै छन्। प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेका छन्। 

प्रधानमन्त्री सचिवालय स्रोतले उनी चितवनबाट फर्किएपछि नवनियुक्त मन्त्तीहरूलाई शपथग्रहण गराउने जानकारी दियो। 

‘सम्माननीय प्रधानमन्त्रीज्यू चितवनमा हुनुहुन्छ। वर्षा भइरहेकाले प्लेन उड्न सकेको छैन। सम्भवतः आजै शपथग्रहण गराउने तयारी छ,’ सचिवालयका एक सदस्यले भने। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार