मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी :
खाँदबारीको होटेलमा एक व्यक्ति मृत फेला

Sankhuwasabhapress 598+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

संखुवासभा   संखुवासभाको सदरमुकाम खाँदबारीस्थित होटेलमा एक व्यक्ति मृत फेला परेका छन्। खाँदबारी– १ टुँडीखेलको होटेलमा बेलुका सकुशल सुतेका सल्यान बागचौर नगरपालिका– १ घर भएका ३४ वर्षीय एकराज चलाउने मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

लामिछानेका अनुसार गएराति ९ बजेतिर होटेलमा सातजनाको समूहमा आई कोठामा सुतेकोमा बिहान एकराज मृत भेटिएका हुन्। बिहान अबेरसम्म नउठेपछि सँगै आएका साथी सल्यान सिद्धकुमाख गाउँपालिका– १ बस्ने सुकलाल बुढाथोकीले उठाउन जाँदा मृत्यु भएको पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए।

उनीहरू जिल्लाको भोटखोला गाउँपालिका– ३ हुङहुङदेखि भोटखोला– २ च्याम्ताङ जाने सडक निर्माणको काम गर्दै आएका आशिष कन्स्ट्रक्सन कम्पनीमा काम गर्नका लागि गएका थिए। गएराति खाँदबारीमा वास बसेर बिहान भोटखोला जाने तयारीमा रहेका जानकारी पाएको प्रहरी निरीक्षक लामिछानेले बताए।

मृतकको शव जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। घटना के–कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार