संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ .नेवि संघ) को अधिवेशन सम्पन्न भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिर्दै गएको बेला नेवि संघको बरुण क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न भएको हो । नेविसंघ बरुण क्याम्पस इकाईको सभापतिमा प्रविन उदास निर्वाचित भएका छन् भने उपसभापतिमा चिरायु पोख्रेल र आयुष ठाकुर, सचिव प्रेमबहादुर विष्ट, सहसचिवमा प्रितम श्रेष्ठ, आषिस नेपाल, पुकार शाक्य र मन्स श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा जेनिशा कार्की सहित ९ जना सदस्यहरु रहेका छन् । अधिवेशनमा नेविसंघका केन्द्रीय सदस्य विकास राई, राजकुमार तामाङ, जिल्ला सभापति चिरन्जिवी श्रेष्ठ, उपसभापति बादल राई, सचिव वीरेन्द्र कार्की, नगर सभापति अजित कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनमा सभापतिका लागि नेविसंघ बरुण क्याम्पसमा सभापतिमा हिमाल गुरुङलाई अगाडी बढाएका छन् । बरुण बहुमुखी क्याम्पमा विविएस चौथो बर्षमा अध्ययनरत उनी चचिला गाउँपालिका वडा नं. ५ का हुन् । अघिल्लो स्ववियु निर्वाचनमा नेविसंघकै जनक राई सभापतिमा निर्वाचित भएका थिए ।