मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

चिचिला :
चिचिला गाउँपालिकाभित्र संचालित योजनाको अनुगमन

Sankhuwasabhapress 598+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार
  • विकास राई

संखुवासभा । जिल्लाको चिचिला गाउँपालिका भित्रका विभिन्न योजनाहरुको स्थलगत रुपमा अनुगमन गरिएको छ ।

सोमबार चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समितिका संयोजक राजेन्द्र घलेले चालु आर्थिक बर्ष २०८१/८२ भित्र संचालित योजनाहरुको अनुगमन गरेका हुन् । उनले चिचिला गाउँपालिकाको वडा नं. २ भित्र संचालित योजनाहरुको स्थलगत रुपमा पुगेर अनुगमन गरेको बताए । भौतिक पूर्वाधार संयोजक घले र चिचिला २ नम्बरका वडाध्यक्ष दिनेश राई, गाउँपालिकाका प्राविधिक इन्जिनियर लगायतको टोलीले योजनाहरुको अनुगमन गरेको हो ।

२ नम्बर वडाभित्रका दिदिङमा निर्माणधीन आधारभूत स्वास्थ्य चौकी, हाडी खोलाको पुल, याफूडाँडाको बाढो ढलान, बाटो सोलिङ, गैरीआंलाको स्वास्थ्य इकाईको अवलोकन र गैरी आंलास्थित नै रहेको गिशेला सामुदायिक विकास क्लवको खेलकुद मैदानको लागि वाल निर्माण लगायतको आधा दर्जन भन्दा बढि योजनाहरुको अनुगमन गरिएको भौतिक पूर्वाधार संयोजक घलेले बताए । उनले गाउँपालिकाबाट बिनियोजित बजेटको सहि ढंगले सदुपयोग गरि राम्रो काम गर्न आग्रह गरेको बताए ।

गाउँपालिकाले आवश्यकताको आधारमा विभिन्न गाउँ ठाउँमा बजेट बिनियोजन गरिरहेको बताउर्दै राम्रो गरि गाउँको विकास गर्न सबैले आआफ्नो ठाउँबाट योगदान दिनुपर्ने संयोजक घलेको भनाइ छ । ‘राम्रो काम गर्नुहोस, अपुग भएको अवस्थामा आगामी बर्ष आवश्यकतालाई मध्यनजर गरि बजेट थप्छौं ।’—घलेले भने ।

पालिकाभित्रका कुनै पनि बाटो केन्द्र सम्म सजिलोसँग आवातजावात गर्न जोडीरहेको बताउर्दै गाउँ–गाउँका बाटो घाटो मर्मत संम्भार गरिरहेको घलेको भनाइ छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पूर्वाधार विकास विशेष जोड दिएर काम गरिरहेको घले बताउँछन् ।

(चिचिला २ नम्बर वडाको योजनाहरु अनुगमन गर्दै भौतिक पूर्वाधार संयोजक राजेन्द्र घले र वडाध्यक्ष दिनेश राई र प्राविधिक लगायत । तस्बिर : विकास राई)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार