मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

चैनपुर –३ पोखरी बजार
संखुवासभाको चैनपुरस्थित पोखरी बजारमा राष्ट्रिय बाणिज्य बैकको नयाँ शाखा स्थापना

Sankhuwasabhapress 598+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार
  • मोहनकुमार राई

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–३ स्थित पोखरी बजारमा आर्थिक कारोबार बढेसँगै राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा स्थापना भएको छ । 

उक्त पोखरीबजारमा ६ बर्षदेखि राष्ट्रिय बाणिज्य बैकको काउन्टर शाखा रहेको थियो । सोही काउन्टर शाखालाई स्तरोन्नती गर्दै आइतबार शाखा कार्यालयको रुपमा स्थापना भएको हो । एक कार्यक्रम बीच पानसमा दिप प्रज्वलीत गरी रिवन काटेर शाखा कार्यालयको प्रमुख अतिथि सर्वोच्च अदालका माननीय न्यायधिस हरिप्रसाद फुँयालले उद्घाटन गरेका थिए । 

ग्रामिण क्षेत्रमा वित्तिय साक्षरता बढाउनुको साथै गरिने खेती प्रणालीमा जुनसुकै किसिमको खेती लगाएपनि नाफामूलक हुनुपर्ने सर्वोच्च अदालका न्यायधिस फुँयालले बताए । 

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले नेपाल सरकारको पूर्णस्वामित्वमा रहेका २०२२ साल माघ १० गते स्थापना भई स्थापनाकालबाट ५९ वर्ष पूरा गरी ६० वर्षको संचालनमा रहेको राष्ट्रिय बाणिज्य बैकले ७७ वटै जिल्लामा आफ्ना शाखाहरु विस्तार गरी संचालनमा रहेको सिइओ श्रेष्ठले बताए । उनले राबा बैंकको २८७ औैं शाखाको रुपमा पोखरीबजारमा शाखा कार्यालयको रुपमा स्थापना भएकाले सरकारको स्वामित्वमा भएको बैंक भएको हुनाले जनताको पनि बैंक रहेको सिइओ श्रेष्ठले बताए । ‘आगामी आषाढ मसान्त सम्ममा ३२० शाखाहरु पु¥याउने लक्षका साथ अघि बढिरहेको बाणिज्य बैकले सरकारको नीति र कार्यक्रम प्राथमिकतामा राखेर काम गर्ने, सरकारको नीति र कार्यक्रम जनताको वीच तल्लो निकाय सम्म सेवा पु¥याउने दायित्व रहेको, बाणिज्य बैक कमर्सियल बैंक भएकाले नाफा कमाउनु पनि एउटा मुनाफाको उद्देश्य रहेको तर पहिलो उद्देश्य नाफा कमाउन होइन ।’—सिइओ श्रेष्ठले भने ।

देशमा बैंकहरु मर्ज भएसँगै हाल २० वटा बैंकहरु मध्ये टप थ्री मा राष्ट्रिय वाणिज्य बैंक रहेका बैंक फाइनसियल इडिकेटरहरु वा ननफाइनसियल इडिकेटरहरु हेर्ने हो सबै क्षेत्रमा प्रतिस्पर्धी रहेको छ । जनताको बैंक भएकाले डिपोजिटरहरुको बैक पनि हो । ७ प्रदेश तथा ७७ वटै जिल्लाका ४२ लाख जनताको डिपोजिटरबाट प्राप्त रकमबाट नै केही लाख मानिसलाई कर्जाको रुपमा वितरण गरिएको हुँदा समय र सर्त वमोजिम फिर्ता गर्नुपर्ने हुन्छ । डिपोजिट रकमबाट रकम माग्न साथ, चेक काटन साथ वा एटिएम घोट्न साथ तुरुन्त भुक्तानी गर्नुपर्ने हुन्छ । जसरी डिपोजिट माग्न साथ तुरुन्त दिनुपर्छ । त्यस्तो सेनसेटिव जनताको रकमबाट लगानी गरिएको रकम समयभित्र फर्काउने ग्यारेन्टी हुनु पर्ने लोन दिने ग्यारेन्टी बैकले गर्ने प्रमुख श्रेष्ठको भनाइ छ । 

चैनपुर नगरपालिकामा एउटा शाखा हुँदा–हुँदै ६ किलोमिटरको अन्तरमा किन अर्को शाखा आवश्यक छ भन्ने प्रश्नमा नगरको धेरै क्षेत्र ग्रामिण क्षेत्रमा पर्ने भएकोले पोखरीमा खोलिएको शाखाले कृषि क्षेत्रमा बढी लगानी गर्न चाहेको, ग्रामिण भेगमा बढी क्षेत्र भएकाले अलैंची खेती लगायत नगदे बालीहरुमा जोड दिँदै ग्रामिण क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्यले मापदण्ड समेत पुरा भएकोले शाखा विस्तार गर्नु परेको प्रमुख श्रेष्ठले बताए । 

मासिक रुपमा प्रकाशित गरिने बैंकहरुको कर्जा व्याजदर रेटमा सबै भन्दा सस्तो दर भएको बाणिज्य बैकको रहेको समेत जनाएको छ ।  

संखुवासभा जिल्लाको रेकर्ड हेर्दा खाँदवारी डिपोजिटको हिसाबले १ अर्ब ४० करोड, चैनपुरमा ५५ करोड, कर्जामा खाँदबारीमा ८९ करोड रहेको जनाएको छ । ७ प्रदेश ७७ वटै जिल्लामा संचालित राष्ट्रिय बाणिज्य बैकले २ खर्ब ५५ अर्बको कर्जाहरु लिएर अगाडी बढिरहेको छ । निक्षेप दिएर होस या कर्जा लिएर होस स्थापित नयाँ शाखालाई अघि बढाउन जनताकै हातमा रहेको समेत प्रमुख श्रेष्ठको भनाइ छ ।

उक्त पोखरीस्थित नयाँ शाखा कार्यालयको राष्ट्रिय बाणिज्य बैकका शाखा प्रबन्धकको जिम्मेवारी सिर्जना लम्सालले सम्हाने भएकी छिन् । 

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक कोशी प्रदेश प्रादेशिक प्रवन्धक दिपकराज न्यौपाने, नेपाली काँग्रेस पार्टी जिल्ला सचिव कुमारबाबु अधिकारी, चैनपुर नगरपालिका प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, समाजसेवी ज्ञानबहादुर कार्की, पूर्व नगरप्रमुख भरतकुमार खत्री, समाजसेवी उमेशकुमार डाँगी, नेपाल चम्बर अफ कमर्स चैनपुरका दीपेन्द्रमान शाक्य, लगायत विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधी, जनप्रतिनिधीहरु लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 

कार्यक्रममा सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, समासेवी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार