मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

नेपाल विद्यार्थी संघ :
शिक्षा विद्येयक र संसदीय छानविन समिति बनाउन माग गर्दै नेवि संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Sankhuwasabhapress 598+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

संखुवासभा । नेपाल विद्यार्थी संघ संखुवासभाले शिक्षा विद्येयक र संसदीय छानविन समिति बनाउन माग गर्दै प्रधानमन्त्री ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार संखुवासभाको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र पठाएको हो । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास राई, जिल्ला अध्यक्ष चिरन्जीवी श्रेष्ठ, समितिका पदाधिकारीहरु लगायतको टोलीले संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विद्येयक–२०८० मा महत्वपूर्ण कुराहरु छुटेको भन्र्दै समावेश गर्न माग गरेको छ । उनीहरुले ज्ञापनपत्र मार्फत नेपालको संविधान, २०७२ को अनुसूची–८ (८) मा व्यवस्था भएको स्थानीय तहको अधिकारको सूची सम्बन्धी प्रावधान र प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० को दफा २२ मा उल्लेखित प्रत्येक जिल्लामा एक जिल्ला शिक्षा कार्यालय रहने सम्बन्धी व्यवस्था नेपालको संविधान, २०७२ को प्रावधानसंग बाझिएकाले प्रस्तावित विद्यालय शिक्षा विधेयक–२०८० को दफा २२ लाई पुनरावलोकन गर्न आग्रह गरेको छ । 

त्यसैगरि सहकारी प्रकरणमा धेरै बचतकर्ताहरुको बचत फिर्ता गराई सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने संघले माग गरेको छ । गृहमन्त्री समेत रहेका रवि लामिछानेको नाम समेत सहकारी ठगी प्रकरण जोडिएको हुदाँ गृहमन्त्री जस्तो कारबाही गर्ने तालुक निकायमा बस्नेबाट नै दुरुपयोग भएको हुदाँ तत्काल निष्पक्ष काम गर्न संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । 

मुलुकमा विसंगति, विकृति बढेको र शिक्षा क्षेत्रको सुधार गर्न आवश्यकता रहनुका साथै नियमकानुन लगाउने निकायका प्रमुख गृहमन्त्री नै सहकारी प्रकरण जोडिएको हुदाँ निष्पक्ष छानविन हुनपर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास राईले बताए । उनले विद्यालय शिक्षा विद्येयक, सहकारी प्रकरण, संसदीय छानविन समिति र विश्वविद्यालय छाता ऐन निर्माणमा वर्तमान सरकार गम्भीर बन्न आग्रह गरेको बताए । 

विद्यार्थी संघले देशभर एकैसाथ प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । संघको निरन्तर दवाव कायमै रहेको जनाएको छ । नेपाली जनताले उपभोग गर्न पाउनु पर्ने अधिकार समेत वर्तमान सरकारले कुन्ठित गर्दै गएको पछिल्ला केही घटनाक्रमहरुले उझागर गरेकाले विद्यार्थी संघ त्यसको विरुद्धमा उत्रिएको संघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार