मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

संखुवासभामा भालुको आक्रमणबाट दुईजना घाइते

Sankhuwasabhapress 598+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

संखुवासभा । जिल्लाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र भालुको आक्रमणबाट बुधबार दुईजना गम्भीर घाइते भएका छन्।

भोटखोला गाउँपालिका-४ स्थित इलामे गाउँका स्थानीय ३९ वर्षीय प्रेम गुरुङ र २६ वर्षीय राजमान राई गम्भीर घाइते भएको स्थानीय मनोज गुरुङले जानकारी दिए। उनका अनुसार दिउँसो करिब ३ बजेतिर मकैबारीमा रहेका उनीहरूलाई भालुले एक्कासि आक्रमण गरी गम्भीर घाइते बनाएको हो। बारीमा मकै रुङ्न बसेका स्थानीयहरूलाई मकै खान आएको भालुले मानिस आक्रमण गरी गम्भीर घाइते बनाएको हो।

गोला प्रहरी चौकीका अनुसार घाइते भएका दुबैलाई उपचारका लागि गोलबजारस्थित स्वास्थ्य चौकी ल्याइँदै गरेको प्रहरीले जनाएको छ। 

घाइतेहरूको अवस्था गम्भीर भएकाले मकालु बरुण राष्ट्रिय निकुञ्जसँग समन्वय गरी हेलिकोप्टर ल्याउन कुराकानी भएपनि मौसमको कारण संम्भव नभएपछि थप उपचारका लागि खाँदबारी जिल्ला अस्पताल ल्याइदै गरेको जनाएको छ । 

संखुवासभाको उत्तरी क्षेत्रका भोटखोला, मकालु र सिलिचोङका स्थानीयहरू बर्सेनी भालुको आक्रमणबाट घाइते हुने गरेका छन्। मकालु बरुण राष्ट्रिय निकुञ्ज संखुवासभा र सोलुखम्बु जिल्लासम्म फैलिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार