संखुवासभा । राष्ट्रपति रामचन्द्र पौडेल (भोली) बिहीबार संखुवासभा आउने भएका छन्।
जिल्लाको ऐतिहासिक र प्रतिष्ठित शैक्षिक संस्था मादी माध्यमिक विद्यालयले आयोजना गर्न लागेको ७५ औं वार्षिकोत्सव तथा हिरक महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल उपस्थित हुने विद्यालय व्यवस्थापनले जानकारी दिएको छ।
मादी माध्यमिक विद्यालय, संखुवासभाका पुराना र प्रमुख शैक्षिकथलो मध्ये एक हो। यस विद्यालयले ७५ वर्षको शैक्षिक यात्रालाई विशेष समारोहमार्फत सम्झन र भावी पुस्तामा थप उर्जा भर्न ‘हिरक महोत्सव’ आयोजना गर्न लागेको हो।