मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नेपाली कांग्रेस :
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

Sankhuwasabhapress 628+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

संखुवासभा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत संखुवासभा जिल्लाको १० वटा स्थानीय तह भित्रका पाँच गाउँपालिका र पाँच नगरपालिकामा सर्वसम्मत नेतृत्व सहित कार्यसमिति चयन गर्दै पालिकास्तरीय अधिबेशन सम्पन्न भएको छ ।

असोज ७ गते बुधबार देशभरका स्थानीय तहमा नेपाली कांग्रेसको पालिकास्तरीय अधिबेशन सम्पन्न भएको हो । नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेका अनुसार, खाँदबारी नगरपालिकामा हेमन्त राई, धर्मदेवी नगरपालिका दिवश सोम्याङ, चैनपुर नगरपालिका लवकुमार श्रेष्ठ, मादी नगरपालिका कुलमणी दाहाल, पाँचखपन नगरपालिका टोपबहादुर तामाङ, सभापोखरी गाउँपालिका मणिसुन्दर राई, चिचिला गाउँपालिका लगनकुमार राई, सिलिचोङ गाउँपालिका संयोगान्त कुलुङ, मकालु गाउँपालिका दुर्गा पराजुली र भोटखोला गाउँपालिका पेननुर्बु भोटे सर्वसम्मत सभापति पदमा चयन भएको बताए ।

नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार असोज २ र ४ गते वडा अधिबेशन र असोज ७ गते गाउँ/नगर अधिवेशन सम्पन्न भईसकेको छ । अब यही असोज १० र ११ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गरि असोज १६ देखि १९ गते सम्म केन्द्रिय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ । केन्द्रिय अधिवेशन सम्पन्न पश्चात जिल्ला अधिवेशन र प्रदेश अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार