मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

भोजपुरमा बन्दुक र बम सहित डेढ करोड बरावरको रुद्राक्ष लुटपाट प्रयास

Sankhuwasabhapress 598+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

भोजपुरको षडानन्द नगरपालिका-७ दनुवार गाउँमा एक करोड ५० लाख वरावरको रुद्राक्ष लुटपाटको प्रयास भएको छ । गए राती ९ बजेको समयमा बन्दुक र बम सहित आएको अन्दाजी ७ जनाको नकावधारी समुहले बहुमुल्य २,३ मुखे र ज्वाला मुखदार फल्ने रुद्राक्षको वोट लुटपाटको प्रयास गरेको रुखधनी स्थानिय धन बहादुर मगरले जानकारी दिए ।

स्थानिय व्यावसायीहरु बुद्धसिं तामाङ् र प्रताप श्रेष्ठले ठेक्का लिएको रुद्राक्षको बोट घरेलु बन्दुक र बम सहित लुटपाटमा आएको समुहले बोट धनी धन वहादुर र उनकी श्रीमती जमुना मगरलाई खाना पकाईरहेको समयमा एक्कासी घरमा प्रवेश गरि नियन्त्रणमा लिने प्रयास गरेका थिए । रुखधनीलाई नियन्त्रणमा लिने प्रयास गर्दा होहल्ला भएपछि माथिल्लो तलामा रहेका ६ जना रुद्राक्ष रुङ्गालु झरेर प्रतिकार गर्दा लुटेरा समुहले बन्दुक र बम पड्काउने प्रयास गरेका थिए नपडकिएपछि लुटपाटमा अएको समुह फरार भएको रुद्राक्ष व्यावसायी बुद्धसिं तामाङ्गले जानकारी दिए ।

घट्नास्थल देखि १ सय ५० मिटर पर एउटा मोवाईल र २ वटा सिम फेला परेको प्रहरीले जनाएको छ । हालसम्म लुटपाट गर्ने पत्ता नलागेको तर सिमकार्डको आधारमा भोलि सम्ममा अनुसन्धानवाट केहि पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी तथा प्रहरी निरिक्षक दल कुमार राईले जानकारी दिए । लुट्ने प्रयास भएको वोट अधिकांस दाना २,३ मुखे र ज्वामुखदार फल्ने विशेष रुद्राक्ष भएको वताईएको छ ।

भोजपुरको उत्तरी तथा संखुवासभाको दक्षिणि क्षेत्र रुद्राक्ष उत्पादनका हिसावले उर्वर मानिन्छन् । भोजपुरको दिंला, कुलुङ्,चौकीडाँडा, नेपालेडाँडा, देउराली साथै संखुवासभाको खाँदवारी, तुम्लीङ्टार,चन्दनपुर, पाँचखपन, चैनपुर लगायतका बजारमा बार्षिक करोडौंका रुद्राक्ष भारत र चीन निर्यात हुनेगरेको छ । पछिल्लो समय बहुमुल्य रुद्राक्ष लुटपाट गर्ने, चोर्ने, रुख काट्ने, मार्ने लगायतका आपराधिक गतिविधि वढेपछि रुद्राक्ष कृषक तथा व्यावसायी आजित वनेका छन् ।-खवरट्वीट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार