संखुवासभा । प्रेस सेन्टर नेपाल संखुवासभा जिल्ला समन्वय समितिको अध्यक्षमा पुनः अनिष विष्ट निर्विरोध चयन भएका छन् ।
पाँचौं जिल्ला अधिवेशनले विष्टको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । विहीबार खाँदबारीमा भएको अधिवेशनले नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भविन कार्की, सचिवमा केसरमान राई, सहसचिवमा रविन राई र कोषाध्यक्षमा दिपक तामाङ चयन भएका छन् । पाँचौं अधिवेशनले प्रदेश परिषद् सदस्यमा सुजता लिम्बु र केन्द्रिय परिषद् सदस्यमा दिव्यराज बराललाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा जयकुमार राई, बसन्त तामाङ, सुरेन्द्र कुलुङ, सुवास कुलुङ, प्रेमबहादुर विष्ट, प्रदिप तामाङ र फुलमान तामाङ रहेका छन् । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको प्रदेश अधिवेशन शुक्रबार विराटनगरमा हुँदैछ ।