मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी नगरपालिका
खाँदबारी—बडरेनी सडक मर्मत गर्दै खाँदबारी नगरपालिका

Sankhuwasabhapress 598+ समाचार ( )
२९ भाद्र २०८०, शुक्रबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारी देखि पाँचखपन नगरपालिका जाने खाँदबारी–बडरेनी सडकको मर्मत गर्न थालेको छ । मंगलबार देखि मर्मत कार्य शुरुवात गरिएको र अझै एक÷दुई दिन लाग्ने खाँदबारी नगरपालिकाले जनाएको छ ।

खाँदबारी नगरपालिकाको जेसिभीले सडक मर्मत गरेको हो । खाँदबारी नगरपालिका–८ स्थित जिरोप्वाइन्ट रातमाटे देखि बडरेनी सम्मको साढे ४ किमि सडकको मर्मत गरिएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाको स्वकीय सचिव गोकुल खनालले बताए । उनको अनुसार, मेयरसापको निर्देशनमा रातमाटे देखि बडरेनी सम्मको सडकखण्ड बर्खाको भलबाढीले क्षतविक्षत् बनाएको र यातायात आवातजावातमा सहज बनाउन नगरपालिकाको स्रोतबाट मर्मत संम्भार गरिएको हो ।

बर्खाको पानीले सडक बिगारेकाले यातायातका साधानहरु आवातजावातमा अत्यन्तै धेरै समस्या देखिएपछि मर्मत गरिएको नगरपालिकाको भनाइ छ । खाँदबारी देखि बडरेनी सम्म खाँदबारी नगरपालिकाको क्षेत्र पर्दछ भने खोलादेखि पारि पाँचखपन नगरपालिका पर्दछ । उक्त सडकद्धारा खाँदबारी–बडरेनी हुर्दै पाँचखपनको वाना बजार हुदैं चैनपुर सम्म आवातजावात गर्न सकिन्छ । यो सडक यस क्षेत्रको मुख्य सडक समेत हो । 

सडकको दायाँबायाँ नाली काट्ने, खाल्डो पुर्ने लगायतको काम गरिएको खाँदबारी नगरपालिका ८ नम्बर वडाका वडासदस्य उमेश श्रेष्ठले बताए । उनले सडकको मर्मत पछि आवातजावात गर्न निकै सहज भएको बताए । 

भदौको अन्तिम भईसकेकाले बर्खाको पानी पर्न समेत कम भएकाले अब सडक मर्मत गर्दा त्यति धेरै नबिग्रीने र चाडपर्व समेत नजिकिदै गएकाले समस्या नहुने नगरपालिकाको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार