मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

कृषि ज्ञान केन्द्र :
संखुवासभाका उत्कृष्ट १६ जना कृषकहरु पुरस्कृत

Sankhuwasabhapress 598+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

संखुवासभा । संखुवासभाका उत्कृष्ट १६ जना कृषकहरु पुरस्कृत भएका छन् । आइतबार कृषि ज्ञान केन्द्र संखुवासभाले जिल्लाभित्रका उत्कृष्ट १६ जना कृषकहरुलाई पुरस्कृत गरेको हो ।

‘सुखी जीवन समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने नारासहित कृषि ज्ञान केन्द्र संखुवासभाले ४४ औं विश्व खाद्य दिवशको आयोजना गरेको थियो । सोही कार्यक्रममा उनीहरुलाई सम्मानपत्र र एक÷एक वटा हजारी सहित पुरस्कृत गरिएको हो । जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख वविता खत्री अधिकारी र संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेका थिए । 

 १० वटा स्थानीय तह रहेको संखुवासभामा भूगोल, क्षेत्र र बालीको विवरण अनुसार जिल्लाभित्रका उत्कृष्ट १६ जनालाई छनौट गरि पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माले बताए । उनको अनुसार, मिङमादेकी शेर्पा धर्मदेवी–३ तरकारीबाली, तेजबहादुर श्रेष्ठ, धर्मदेवी–८ खाद्यान्न, देवबहादुर राई, खाँदवारी–८ फलफूल, कृष्णबहादुर तोलाङ्गी, खाँदवारी–८ तरकारी, टिकाबहादुर राई, मकालु–६ फलफूल,  जसधन राई, मकालु–५ अलैची,  अम्मरमाया राई, मकालु–३ तरकारी, ताराबिर गुरुङ, चिचिला–५ खाद्यन्न, भवानीप्रसाद बाह्रकोटी, सभापोखरी–३ फलफूल, मिनबहादुर राउत चैनपुर–८ उखु, खिमप्रसाद न्यौपाने, चैनपुर–२ अलैची, एकदेव खत्री, चैनपुर–३ खाद्यान्न, लालबहादुर कोइराला, पाँचखपन–६ तरकारी, दिपक श्रेष्ठ, पाचखपन– ६ तरकारी, भोजराज कार्की, मादी–२ तरकारी र जिवनकुमार राई, सिलिचोङ्–१ अलैची पुरस्कृत भएका हुन् । 

बर्सेनि जिल्लाभरका कृषकहरुको मूल्याङकन गरेर कृषि ज्ञान केन्द्र संखुवासभाले पुरस्कृत गर्ने गरेको छ तर यो बर्ष बजेट कम भएकाले सम्मानपत्र र हजारी सहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र संखुवासभाको भनाइ छ । कृषकहरुको प्रोत्साहनको लागि बर्सेनि पुरस्कृत गर्ने गरिएको कार्यालयको भनाइ छ ।

त्यसैगरि कृषि ज्ञान केन्द्र संखुवासभाले जिल्लाभरका ९ वटा माध्यमिक विद्यालयहरुमा ‘सुखी जीवन समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने निवन्ध प्रतियोगिता समेत संचालन गरेको थियो । सो प्रतियोगितामा शारदा मावि चैनपुरका रञ्जना न्यौपाने प्रथम, आदर्श विद्यामन्दिर पाठकगाउँ खाँदबारीका रिकेश कार्की दोस्रो र आदर्श मावि पिप्ले खाँदबारीका समिक्षा विक तेस्रो स्थान हासिल गरेका थिए । त्यसैगरि अन्य ६ वटा माविहरु सान्त्वना भएका थिए । जसमा वाना मावि पाँचखपनका सर्मिला तामाङ, शिव मावि स्यावुनका सजिता तामाङ, मादी मावि मादिका अभिशेक खत्री, नारायण मावि ओखरबोटेका प्रियङ्का गोले, हिमालय मावि खाँदबारीका शान्तिदेवी दर्जी र धर्मदेवी मावि देविटार चिचिलाका संयोग राई छनौट भएका थिए ।

निवन्ध प्रतियोगिताका विजेताहरुले प्रथमले नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया प्राप्त गरेका थिए भने सान्त्वनाहरु न्गद २/२ हजार रुपैया प्राप्त गरेको कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार