संखुवासभा । संखुवासभामा अहिले साँझ ५ बजेदेखि भोली विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
बुधबार संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले शान्ति सुरक्षा र अमनचयन कायम राख्न कर्फ्यू आदेश जारी गरेको विज्ञप्ती मार्फत जनाएको छ ।
२३ भदौमा काठमाडौं लगायत देशभर जेन-जी समुहले विरोध प्रर्दशन गर्ने क्रममा आगजनी, केहीको हत्या र प्रर्दशनकारी तथा सुरक्षाकर्मीहरु घाइते भएको हुदाँ अझ स्थिती बिग्रन नदिनका लागि कर्फ्यू आदेश जारी गरेको बताएकी छिन् ।
विज्ञप्तीमा भनिएको छ—‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम अहिले साँझ ५ बजेदेखि भोली विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।’
