संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट भएको छ ।
आज बुधबार दिउँसो करिब साढे २ बजे देखि शुरु भएको आगोले पाँच वटा घर नष्ट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताए । उनको अनुसार, स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सूशील तामाङका २ वटा घर गरि पाँच वटा घर जलेर नष्ट भएको हो । स्थानीय रामबहादुर राईको घरभित्रको अगेनाबाट आगो सल्किएको प्रहरीको भनाइ छ ।
सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको जानकारी दिए । आगलागीबाट कुनै मानवीय र पशुचौपयाको क्षति नभएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । दिउँसोको समय भएकाले मानवीय र पशुचौपयाको क्षति भने भएको छैन् भने घरभित्र रहेको अन्नपात, लत्ताकपडा र महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको छ ।
प्रहरीले आगलागिको कारण र क्षतिको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
तलको भिडियो लिंक खोलेर हेर्नुहोस...
https://www.youtube.com/watch?v=0tZ6J83cSJM&t=20s